सर्लाही,चैत–२५,जिल्लाको बागमती १२ मा १८ करोडको लागतमा सुविधा सम्पन्न आर्यघाट निर्माण हुने भएको छ ।
आर्यघाटकाे शनिवार  (आज ) बिहान हरिवन नगरपालिका–९, का  १०२ वर्षीय बबरजङ्ग थापाले  शिलान्यास गरिएका हुन।


दहासंस्कार गर्ने  व्यवस्थित ठाउँ नहुदा नदी किनारामा फोहोर हुने  गरेकाले  बागमती नगरपालिकाले सुविधा सम्पन्न आर्यघाट निर्माण गर्न लागेको हाे।
नगरपालिकाले आफ्नो आन्तरिक स्रोत तथा सङ्घ र प्रदेश सरकारबाट पनि सहयोग लिएर आर्यघाट निर्माण गर्न लागेको बागमती नगरपालिकाले जनाएको छ ।

आर्यघाट निर्माणका लागि हरिवन नगरपालिकाले समेत सहयोग गर्ने बुझिएको छ ।
आर्यघाट निर्माणका लागि पृथ्वी इन्जिनियर्स एण्ड विल्डर्स प्रा.लि. बत्तिसपुतली, काठमाडौँले भ्याटसहित १८ करोड १४ लाख २९ हजार ५८ रुपियाँ ४१ पैसामा ठेक्का सकार गरेको बागमती नगरपालिका कार्यालयले जनाएको छ ।
२०८१ साल असोज २१ गतेभित्र आर्यघाट निर्माण सक्ने गरी सम्झौता भएको छ । आर्यघाटमा क्रियापुत्री बस्ने स्थल, पितृ प्रसाद पकाउने र ग्रहण गर्ने ठाउँ, महादेवको मूर्तिसहितको मन्दिर, दाउरा डिपो ,फूलबारीलगायत अन्य संरचना निर्माण हुने बताइएको छ ।आर्यघाट शिलान्यास कार्यक्रममा बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा, हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी (रमेश) लगायतले मन्तव्य राखेका थिए।
जिल्लाको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुर, बरहथवा छिमेकी जिल्ला बारा र राैतहटलगायत स्थानबाट मृत शरीर दहासंस्कारका लागि बागमती लग्ने गरिएको छ ।