सर्लाही,चैत -२० जिल्लाकाे मलंगवास्थित खुटौनामा सोमवार रुखले च्यापिएर एक भारतीय महिलाको मृत्यु भएको छ ।
साेमवार अन्दाजी ११:२० बजे बाटो छेउको रुख ढाल्ने क्रममा अचानक रुखले किचेर भारतकाे सितामढी जिल्ला नगरनिगम १८ नुनिया टोल बस्ने केदार (महतो ) नुनियाको श्रीमती ५० वर्षीया तुरन्ती देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नुनियाकाे बाटो छेउमा रहेको सपेताको रुख काट्ने क्रममा उक्त रुख सार्वजानिक बाटोमा ढल्दा सोही रुखले च्यापी मृत्यु भएको हाे ।
मृतक नुनिया भारतबाट आफन्तकोमा चिम्तो गर्न आएको बुझिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।