हरिपूर्वा चैत –१६ सर्लाहीको हरिपूर्वामा बिहीबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा दुइ जनाकाे मृत्यु भएकाे छ ।
दुर्घटनामा लालबन्दी नगरपालिका–१७, रानिगन्जका खुशिलाल महतोको छोरा करिव २५/३० वर्षका प्रमेश्वर महतो र सोही ठाउँका देवबहादुर काफ्लेको छोरा करिव ४० वर्षका चरित्रबहादुर काफ्लेको घट्ना स्थलमै मृत्यु भएको हाे । दुवै मृतकका परिवार घटनास्थलमा पुगेर शवको पहिचान गरेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ ।
बिहीबार अपरान्ह ४ बजेतिर हरिपूर्वा ३ धनकौल पूर्वारीस्थित सडकमा दक्षिणबाट उत्तर तर्फ आइरहेको ना ३४ प ८२८९ नम्वरको मोटरसाइकल आफै अनियन्त्रत भई सडकबाट ८ सय मिटर तल खेतमा खसेकाे थियाे । तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीकाे अनुमान छ ।
मृतकको शव राति अबेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ ।