सर्लाही,चैत-१३,सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कृषि मिटर वितरण भैरहेको छ  । कृषि मिटर  गाउँपालिकाबाटै पाउन थाले पछि त्याहाँका  किसानहरू खुसी भएका छन ।


कृषि उत्पादन वृद्धि गर्न  र विद्युत चुहाबट नियन्त्रण गर्न विद्युत महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि मिटर लिनेको संख्या पनि बढेको छ।
विद्युत् मिटरका लिनका लागि त्यहाँका  किसानले पटकपटक सदरमुकाम मलंगवा स्थित विद्युत प्राधिकरण  धाउँदानु पर्ने बाध्यता थिए । गाउँपालिकाबाटै उक्त सेवा पाएपछि किसानहरु हर्षित भएका हुन ।


चन्द्रनगर गाउँपालिकाले पहिलो पटक विद्युत चुहावट मुक्त गर्न अभियान थालेकोले विद्युत प्राधिकरणका कर्मचारीहरु गाउँपालिकामा नै आएर आवश्यक पकृया पुरा गरि मिटर वितरण कार्य सुरु गरेको नेपाल विद्युत प्राधिकरण मलंगवा  वितरण केन्द्रका  प्रमुख उमेश यादवले जानकारी दिए ।
कृषि मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने र पेश गर्ने, फारम रुजु सिस्टमेट गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुझने , मिटरको लगत कायम गर्ने, मिटर जडान गर्ने लगायत सबै चरणको काम गाउँपालिकामै,भइसकेको र अब प्राविधिकरणले किसानको खेत खेतमै पुगेर कृषि मिटर जडान गर्ने प्रमुख यादबले जानकारी दिए ।
चन्द्रनगर गाउँपालिका वडा नं. ५ का किसान रजाउल मंसुरले आफुले झण्डै एक वर्षमा कृषि मिटर पाएको दुखेसो पाेखे  । विद्युत प्राधिकरण धाउँदा धाउँदा एक वर्ष लाग्यो, ´ कागज मिलेन भनेर प्राधिकरणले  फर्काउथ्यो` तर अहिले भने गाउँपालिकामै किसानले कृषि मिटर पाउनु भनेको किसानको सौभाग्य हाे`, मंसुरले भने,  ।
वडा नं. २ बस्ने किसान पुनित महतो भने,´ पहिला आफुहरु सिँचाइको अन्य विकल्प नहुँदा डिजेलबाट चल्ने पम्पसेटबाट सिँचाइ गर्दा वर्षभरीमा १५ हजार बढी  खर्च हुने गरेको थियो,´अब खर्च कमहुने र उत्पादन बढ्ने उनको विस्वा छ । उनले  विद्युत प्राधिकरण धाउँदा धेरै झण्झट हुने गरेकोले पहिला मिटर लिन नसकेको  महतोले बताए । वडा नं. ३ का  स्थानिय हरिनारायण महतोले गाउँपालिकामा दुई दिनमै मिटर लिन सफल भएकोले आफुलाई खुसि लागिएको बताए ।
चालू आर्थिक वर्ष ०७९/०८० मा कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ  ।
गएको पुस २९ गते सम्पन्न १२औँ गाउँसभा बैठकबाट किसानले खेती गर्न सिँचाइ गर्दा लाग्ने महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेको थियो ।
सोही अनुरुप विद्युत चुहावट अन्त्य गर्न चन्द्रनगर गाउँपालिकाले नेपालमै पहिलो पटक कृषि मिटर गाउँपालिका बाटै वितरण गरिरहेको गाउँपालिका अध्यक्ष महतोले बताए ।
३८ हजार जनसंख्या रहेको पालिकामा ९९ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् ।  कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको गाउँपालिका अध्यक्ष महतोले बताए । 
सहज सिँचाइ हुदा , कृषि उत्पादन बढ्ने र किसानको लागतसमेत घट्ने भएकाले विद्युत् महसुल गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष महतोले बताए ।