सर्लाही,चैत-११,जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीको अध्यक्षमा मन्दिरा आचार्य निर्वाचित भएकी छन् ।
सदरमुकाम मलंगवामा शनिवार (आज) भएको निर्वाचनमा ३७ मत प्राप्त गर्दै आचार्य जिल्ला बचत संघको अध्यक्षमा निर्वाचित भएकी हुन् ।
निर्वाचित आचार्य नेत्रगन्ज बचत तथा ऋण सहकारी संस्था नवलपुरको अध्यक्ष हुन।
आचार्यका प्रतिद्वन्द्वी हरेन्द्र राउतले ३० मत प्राप्त गरेका थिए । सचिवमा सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनका अध्यक्ष केशव ढकाल ३९ मत ल्याइ विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी तपेश्वर चौधरीले २४ मत प्राप्त गरे ।त्यस्तै संघको ससदस्यहरुमा बेचुप्रसाद तिमल्सिना, चेतप्रसाद तिमल्सिना, दिनेश्वर राय,भवानी घिमिरे र पाचु महतो निर्वाचित भएका छन् । उपाध्यक्ष, कोषाध्यक्ष र लेखा समितिका दुई जना सदस्य यसअघि नै सर्वसम्मत चयन भइसकेका थिए।
उपाध्यक्षमा धनेश्वर महतो, कोषाध्यक्षमा लालबाबु महतो र लेखा समितिको सदस्यमा महादेव साह र ललितादेवी महतो सर्वसम्मत रुपमा चयन भएका हुन्् । लेखा समितिको संयोजकमा भने आज मतदानबाट भरत साह निर्वाचित भएका छन् ।
जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीमा १२० वटा सहकारी दर्ता भएका छन् । जसमध्ये ७० वटा नवीकरण भएका छन् ।
संघमा नवीकरण भएकामध्ये आज ६८ वटाले मात्रै मतदानमा भाग लिन पाएका हुन । संघको १३ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन यसअघि पुस २१ गते नै ईश्वरपुरस्थित श्रीनगरमा उद्घाटन भएको थियो । नेतृत्वका लागि सहमती हुन नसकेपछि आज जिल्ला सदरमुकाम मलंगवाम मतदान प्रक्रियाबा कार्यसमितिलाई पूर्णता दिइएको हाे ।