सर्लाही चैत -१०,जिल्लाकाे हरिपुरमा रहेको ग्रामिण नारी उत्थान संघले बाख्रा वितरण गरेको छ । शुक्रवार (आज) एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको संस्थाले जनाएको छ ।
संस्थाका उपाध्यक्ष विष्णु चालिसेका अनुसार जिल्लाको ईश्वरपुर २ को १५ घर परिवारलाई बाख्रा बितरण गरिएको हाे । आर्थिक आर्थिक हिसाबले विपन्न र घरमा स्कुले बालबालिका भएका घरपरिवारका अभिभावकको आर्थिक अवस्था मजबुत बनाउन तथा स्वस्थ आहारविहारमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले सञ्चालन गरिरहेको समुन्नति परियोजना अन्तर्गत जिविकाेपार्जन कार्यक्रम अन्तर्गत बोयर जातको बाख्रा वितरण गरिएको संस्थाकि फिल्ड अधिकृत अंकिता घिमिरेले जानकारी दिइन् ।
विद्यार्थी भर्ना अभियान सञ्चालनको पुर्व सन्ध्यामा बाख्रा पाउँदा स्थानीय खुसी भएका छन । परियोजना मार्फत मुसहर , माझी , लगायतका अति बिपन्न १५ परिवारको एउटा समुह बनाएर उनीहरुलाइ बाख्रापालन गर्न सहज होस् भनेर प्रतिपरिवार दुई वटा बाख्रा पुरै समुहको लागि एउटा ब्याड बोका बितरण गरिएको सस्थाले जनाएको छ ।
विपन्न परिवारलाई बाख्रा वितरण पछि उनीहरूकाे आर्थिक अवस्था माथि उठ्नुकासाथै बच्चासमेत विद्यालय जान पाउने र जिविकोपार्जनमा मद्दत पुग्ने संस्थाका कार्यकारी निर्देशक आनन्दप्रकाश धामीले बताए । बाख्रा बितरण कार्यक्रममा ईश्वरपुर नगर उपप्रमुख रन्जीता कुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो ।