सोम दियाली/ सर्लाही
चैत्र- ८, नेपाली साँगित  क्षेत्रका लागि सर्लाही एउटा यस्तो उर्वर भूमि हो, जस्ले थुप्रै कलाकारहरुलाई जन्म दिएको छ ।
सर्लाहीबाट नेपाली साँगितिक क्षेत्रलाई मलजल गर्ने थुप्रै हस्तीहरुमध्येका एक हुनुहुन्छ, लालबन्दी नगरपालिका १६ का गोविन्द केसी ।

जस्ले भर्खरै मात्रै कालजयी गीत कुँदेर जस्लाई मूर्ति बनाएँ….डिजिटल बजारमा ल्याएका छन् ।
गायक तथा संगितकार केसीकै शब्द तथा स्वरमा सजिएको गितलाई उदयीमान गायक तथा एरेन्जर दिनेश न्यौपानेले एरेन्ज गरेका हुन  ।

गायक केसीको आफ्नै युटुव च्यानल जिएम म्यूजिक मार्फज दुई साताअघि सार्वजनिक गरिएको गीतमा गायक आफैले अभिनय गरेका छन्  ।
गीतमा एउटा मूर्तिकारको विम्व प्रस्तुत गरिएको छ । जसरी एउटा मूर्तिकारले कुँदेर मूर्ति बनाउँछ । अनि त्यो मूर्तिलाई मन्दिरमा सजाईन्छ । तर मूर्तिको पूजा हुन्छ, मूर्तिकारलाई कसैले चिन्दैनन् ।

त्यस्तै यो संसार विज्ञापनको बजार भएकोले राम्रा कुराभन्दा विज्ञापन गरिएका कुरा बढी चल्ने कुरा पनि गीतमा व्यक्त गरिएको छ ।
आफूले सकेको मेहनत गरेकोले गित राम्रो बनेको गायक केसीले जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो सर्लाही १०५.७ मेगाहर्जको बहसमूलक कार्यक्रम सन्दर्भ सम्वादमा बताए। उनले गितलाई सुनेर न्याय गरिदिन समेत दर्शक स्रोतालाई आग्रह गरेका छन् ।
आजभन्दा ३३ वर्ष अघि नै रेडियो नेपालबाट स्वर परिक्षा पास गरेर गित संगीतमा होमिएका गायक केसीका पूर्वको उषा, आउ रे हो रामदली जाउ है, जन्मेको ठाउँ र केही भजनहरु प्रकाशित छन् ।
आफू जन्मेको ठाउँलाई औधी माया गर्ने गायक केसीले आफ्नै रस्तीवस्तीको कथा समेटेर अर्को नयाँ गीत ल्याउने तयारीमा रहेको बताए   ।
सुरुमा घरपरिवार, जागिर, पेशा व्यवसायका कारण गितसंगीतलाई खासै समय दिन नसकेपछि अब भने गीतसंगीतमै बाँकी समय समर्पित गरेको गायक केसीले बताए ।