मनाेज बख्रेल/सर्लाही
पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ। पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ। तर सबै पानी पिउन योग्य छैन। समुद्र र महासागरको पानी नुनिलो छ। जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ। २.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ।

यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ। ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ। जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ। नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ।

पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ। संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ। यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिएको छ । कमसेकम हाम्रो जस्तो चुरेको फेदीमा रहेको नगर र जिल्लाले यसको विषयमा चुरे संरक्षण सहित पानीको मुहान जोगाउने प्रयासका बारेमा बोल्नु र त्यसको रक्षाका लागि कार्य गर्नु आवश्यक छ ।

‘पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ’ ‘भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो । जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ ।’
‘हाम्रो देश नेपाल प्राकृतिक स्रोतहरुले भरिपुर्ण देश हो । हाम्रो देश नेपालमा विभिन्न प्रकारका प्राकृतिक सम्पदाहरु अत्याधिकमात्रामा उपलब्ध भएको पाउछौ । हुन त सम्पुर्ण प्राकृतिक स्रोतहरु अति नै महत्वपुर्ण हुन्छन् । तर पनि पानी एकदमै महत्पुर्ण पदार्थ हो । मानव जीवनका लागि मात्र नभईकन अन्य जीव तथा बोटविरुवाका लागि पानी अत्यन्त महत्वपुर्ण हुन्छन् । पानी भनेको यस्तो तरल पदार्थ हो जसबाट विभिन्न जीव तथा चराचुरुँगीहरुको जीवनको आधार हो । पानी मानव जीवनको लागी अपरिहार्य तत्व हो । मानिस बिहान उठेदेखि नसुतिन्जेल सम्म पानीको प्रयोग गर्दछ ।
पानी बिनाको जीवन कल्पना पनि गर्न नसकिने भएकाले पानीको ठुलो महत्व छ ।प्राविधिक ज्ञानको कमी, जनशक्तिको अभाव, पुजीँको अभावआदिको कारणले गर्दा जलसम्पदाको उचित परिचालन गर्न सकेको छैन ।देशका कतिपय मानिसहरु शुद्ध खानेपानी खान नपाएर अकालमै मर्न बाध्य भएका छन् । शुद्ध खानेपानीको अभावमा विभिन्न किसिमका रोगहरुले धेरै मानिसहरुलाई ग्रसित पारेका छन् । देशमा शुद्ध खानेपानीको अभावको कारण हैजा जेन्डिस जस्ता रोगहरु फैलन्छन् ।नेपालको ग्रामिण क्षेत्रमा भन्दापनि सहरी क्षेत्रमा पानीको हाहाकार मच्चिएको पाईन्छ । विशेष गरेर काठमडौँ, पोखरा, विराटनगर जस्ता सहरी क्षेत्रमा पानीको बढि अभाव हुन्छ । जलस्रोतमा दोस्रो ठुलो राष्ट्र भएता पनि लोडसेडिङ्घले आजसम्म पनि पिछा छोडेको छैन ।एकातिर शुद्ध खानेपानीको अभाव र अर्कोतिर अन्धकार जीवन बिताउन मानिसहरु बाध्यभएका छन् । जवसम्म सरोकार वालाहरु त्यस्तै युवावर्गहरु अघि बढ्दैनन् तबसम्म देशमा अन्धकार र खानेपानीको समस्या दिन प्रतिदिन बढ्दै जान्छ । त्यसकारण यस्ता समस्या समाधानगर्न तर्फ अग्रसर हुनु हामी सबैको अहम उत्तरदायित्व हो ।
यी प्रसङ्ग र सरोकार माथि तर्कहरु र तथ्यांक खोज्ने क्रममा पंतिकारले आफु कार्यरत रहेको संस्थाको दायित्व केवल पानी वितरण गर्नु मात्र होइन रैछ “जीवन” चलाउनु वा सम्पूर्ण प्राणि जगत बचाउनु समेत रहेछ भन्ने बुझिरहदा खानेपानी संस्थाको विकास र यसको उत्साहपुर्ण कार्यसम्पादनको वातावरण खोजि गर्नु पर्ने र ब्यबस्थापन गर्नुपर्ने विषय हो । खानेपानी संचालन ब्यबस्थापन प्रति समाज र सामाजका केहि बुझ्रुकको धारणा , समाजका बुझ्रुकको अविवेकी सल्लाहको प्रभाव र खानेपानी संचालन ब्यबस्थापन जान्दै नजानेकाको हातमा यसको जिम्मेवारी पुग्यो भने वर्तमान रमाइलो ,भविष्य अध्यारो भन्ने हुन नि सक्छ . त्यसैले सबैको एकै स्वर हुनुपर्छ पानीको मुहान देखि मानव सम्मको संरक्षण गर्न र यसको संचालन गर्न समेत बुद्दिमता र विवेकको आवाश्यकता पर्दछ । पुन : विश्व पानी दिवशको अवसरमा सबैमा शुभकामना ।
धन्यवाद ।
जयखानेपानी ।।( नोट :- लेखक खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सुचना अधिकारी तथा लेखा प्रमुख पदमा कार्यरत छन् ।)