शंकर श्रेष्ठ/रासस
सर्लाही ,चैत -८,सम्पूर्ण जनपक्षिय पत्रकार एक हौ’ भन्ने नाराका साथ बुधवार सर्लाहीको बागमतीमा सुरु भएको प्रेस सेन्टर नेपाल, सर्लाहीको विशेष जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्पन्न सम्मेलनले श्रवण थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षद्धयमा क्षितिज विश्वकर्मा, सर्मिला रमौली मगर, सचिव राधेश्याम कुशवाह र सह–सचिवद्धयमा सलिना मगर, जितेन्द्र कुशवाह चयन भएको छ ।
त्यसैगरि कोषाध्यक्षमा राजेश पाठक, सदस्यहरुमा चन्द्रवहादुर जिम्वा, शिवकुमार कुशवाह, हरि निरौला, मंन्दिरा लामिछाने चयन भएका छन् ।
त्यस्तै, जितेश यादव, अविशेष यादव, अनिता साह पनि सदस्यमा निर्वाचित भएको प्रेस सेन्टर नेपाल, सर्लाहीले जनाएको छ ।
सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै, नेकपा(माओवादी केन्द) का पोलिटव्यूरो सदस्य उच्युतम काफ्लेले दलिय राजनीति वातावरणमा नेपाली प्रेस विभाजित हुनु स्वभाविक भएपनि प्रेसले मुलुक र जनताको पक्षमा कलम चलाउनुपर्ने कुरामा जोड दिई । उनले भने, ‘नेपाली समाजले सवैभन्दा वढी विश्वास गर्ने प्रेस जगत नै हो, पत्रकारको आचरण खराव भयो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने छ ।’
प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले सर्लाहीका पूर्वअध्यक्ष शंकर पहाडीले संगठनको हीत विपरित क्रियाकलापमा लिप्त भएकोले उनी नेतृत्वको प्रेस सेन्टर नेपाल, सर्लाही जिल्ला समिति भंग गरिएको बताए । उनले, पत्रकारिताको धर्म निर्वाह नगर्ने व्यक्तिहरुको सेन्टरमा स्थान नभएको वताए ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जनार्धन पोखरेलले स्थानिय व्यापारीलाई धम्क्याउने, अवैध असुली गर्ने, नगरपालिकाका कर्मचारीलाई आफुले सिफारिस गरेका व्यक्तिलाई नोकरीमा राख्न दवाव दिने जस्ता कार्य निर्वतमान अध्यक्ष शंकर पहाडीले गरेको प्रमाणित भएपछि विशेष जिल्ला सम्मेलन गर्न बाध्य भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्री, नेपाल प्रेस यूनियनका अध्यक्ष कृष्ण थपलिया, फोनिज, सर्लाहीका अध्यक्ष घनश्याम बलम्पाकी, प्रेस चौतारीका अध्यक्ष अच्युतम सापकोटालगायतका पत्रकारले सम्मेलनको सफलताका लागि शुभकामना दिएका थिए ।