सर्लाही,चैत-७,जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालयका कर्मचारीबाटै सेवाग्राहीकाे कागजपत्र लेखिदिने व्यवस्था गरेको छ।
कार्यालय बाहिर लेखापढी गर्ने व्यवसायीले सेवाग्राहीबाट ठाडो उजुरी लेखाउँदा धेरै रकम असुली गरेर दुःख दिने गरेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्मचारीबाटै निःशुल्क ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाइएका हुन ।
अब ठाडो उजुरी र अन्य सिफारिससमेत कार्यालयका कर्मचारीले निःशुल्क लिखिदिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।
सेवाग्राहीको उजुरी लेखिदिन कार्यालयको प्रशासन शाखालाई जिम्मेवारी दिइएको पहिलो दिन ( मंगलवार) नै कार्यालयबाट मधेसी प्रमाणितको १६ वटा, ठाडो उजुरी ५ वटा र अन्य सिफारिस ५ वटा निःशुल्क लेखाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी यादवकाे याे प्रयास सराहनीय रहेको सेवाग्राही बताएका छन् ।