सर्लाही,चैत-६,जिल्लाको बरहथवा नगरपालिका–२, हजरियामा आयोजित २ दिने शिविरमा ७३७ जना महिलाको पाठेघरको परिक्षण तथा उपचार गरिएको छ ।


हजरिया सेवा समाजले रिप्पल नेपाल नामक संस्थासँग प्राविधिक सहयोग लिएर हिजो र आज दुई दिन आयोजना गरेको शिविरमा ठूलो संख्यामा स्थानीय महिलाहरुले सेवा लिएका हुन् ।


हजरिया सेवा समाजका अध्यक्ष अशोक कार्कीले हिजो ४३५ र आज ३०२ जना महिलाले सेवा लिएका जानकारी दिए । उनका अनुसार ८० जना पाठेघर खसेका, ३४ जनाको पाठेघरमा रिंग राखिएको, ३० जनाको शल्यक्रिया गरिएको तथा अन्य समस्या भएकाको उपचार गरिएको छ ।


शिविरको आज बरहथवा नगरपालिकाकी मेयर कल्पना कटुवालले समापन गरेकी हुन । हजरिया सेवा समाजले बर्सेनि सामाजिक काम गर्दै आइरहेको छ ।