सर्लाही,चैत –६,जिल्लाको लालबन्दीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वको संयुक्त प्यानल विजयी भएपछि साेमवार (आज)दिउँसो विजय र्‍याली निकालिएको छ ।


विजयी टिमलाई नेपाली कांग्रेस ,माओवादी केन्द्र,नेकपा (एकीकृत समाजवादी) र जसपाका नेता कार्यकर्ताले अबिर , खादा लगाए बधाई तथा शुभकामना दिएका थिए ।


यहाँ स्ववियु सभापतिमा संयुक्त प्यानलबाट नेविसंघका अभिमनु चौधरी १९२ मतान्तरले विजयी भएका हुन् । सभापतिमा विजयी चौधरीले ४४१ मत ल्याउँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका गान्दिप बरालले २४९ मत प्राप्त गरे ।

यस्तै, सचिवमा संयुक्त प्यानलबाटै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अनिता कुमारी बुढाथोकी ३५७ मत ल्याइ बिजयी हुँदा उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी रेणु पोखरेलले ३१५ मत प्राप्त गरिन् ।

त्यस्तै, कोषाध्यक्षमा संयुक्त प्यानलकै नेकपा एस निकट अनेरास्ववियूका एलोज खड्का ३१४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमाले निकट अनेरास्ववियुका विमलेश चौधरीले २१६ र जसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियनका ज्ञानेश्वर मण्डल खत्वेले १०५ मत प्राप्त गरेका छन् ।
यसैगरी, सदस्यहरुमा संयुक्त प्यानलका विवेक कुमार दास (४४१), अंशु पोखरेल (४३९), निर्मल अधिकारी (४२६), अनिस खड्का (४२५), प्रज्वल माझी (४२५) र रोहित कुमार कार्की (४११) मतसहित विजयी भएका छन् ।
समानुपातिकतर्फ नेविसंघले ४०३, अनेरास्ववियुले २३८ र अखिल क्रान्तिकारीले ४६ मत प्राप्त गरेका छन् । समानुपातिकमा १६ मत बदर भएको छ । समानुपातिकबाट प्राप्त मतकै आधारमा थप ६ जना सदस्य चयन गरी त्यसैमध्येबाट उप–भासपति र सह–सचिव चयन गरिने छ ।
आइतवार भएको स्ववियु निर्वाचनमा जनज्योति क्याम्पसमा स्नातक तह र स्नाकोत्तर तहमा भर्ना भएकामध्ये ९९६ विद्यार्थीमध्ये ७०३ जनाले मतदान गरेका थिए । राति मतगणना गरी सोमवार बिहान सार्वजनिक गरिएको थियो ।