चियोचर्चो खबर
बागमती,माघ २४– मोटरसाइकल दुर्घटनामा मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको शनिबार दिउँसो सर्लाहीको बागमतीमा दाहसंस्कार गरिएको छ ।
नेकपा प्रवक्ता एवं प्रचण्ड–नेपाल समूहका केन्द्रीय संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठले वाग्लेको पार्थिव शरिरमा पार्टी झण्डा ओढाएर श्रृद्धाञ्जली अर्पण गरेकाहुन ।


बागमती नदी किनारमा आयोजित श्रृद्धाञ्जली कार्यक्रमा बोल्दै श्रेष्ठले वाग्लेले कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरे । कुनै लोभ लालच नराखी शोषित पीडित जनताका लागि अनवरत रुपमा क्रियाशिल वाग्लेको मृत्युले नेपाली वाम प्रजातान्त्रिक आन्दोलनमा अपुरणिय क्षति भएको बताए । उनले घटना शंकाष्पद् भएको भन्दै पार्टीका यसको गम्भिर ढंगले छानबिन गर्न आग्रह गरे । पार्टीले पनि घट्को छानबिनको लागि उच्च स्तिरिय संयन्त्र बनाउने र चाडै श्रद्धाञ्जली साभाको आयोजना गर्ने श्रेष्ठले बताए ।


वाग्लेको पार्थिव शरिरमा पुष्पगुच्छा अर्पण गर्न नदीमा पुगेको जनसागर शोका देखिन्थ्यो । वाग्लेकी पत्नी सरस्वती सहित छोराहरु अनि आफन्तको रुवाबासीले दाहसंस्कार स्थललाई शोकमग्न रहयो । उपस्थित नेता कार्यकर्ताहरुको मुहार मलिन देखिन्थ्यो । वाग्लेको दाहसंस्कारमा नेकपा सहित अन्य विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता एवं सर्बसाधारण बागमती पुगेका थिए ।


वाग्लेको पार्थिव शरिरमा श्रृद्धाञ्जली अर्पण गर्न नेकपा स्थायी कमिटी सदस्य एवं निवर्तमान शिक्षा मन्त्री गिरिराज मणि पोखरेल, नेकपाका केन्द्रीय सदस्य विश्वनाथ साह, केन्द्रीय सदस्यहरु प्रल्लाद बुढाथोकी, प्रदेश दुई सह–ईन्चार्ज एवं केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामेश्वर राय यादव, प्रदेश दुई संसदीय दलका नेता शत्रुधन महतो, अच्युतम काफ्ले, लक्ष्मण पौडेल, रविन्द्र बैठा, राजु खड्का, युवराज भट्टराई, प्रकाश पोखरेल, हरिनारायण चौधरी, जिल्ला अध्यक्ष रेवती पन्त, राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, प्रदेश सभा सदस्यद्वय डिल्लीप्रसाद उप्रेती र बेची लुंगेली, लालबन्दी र हरिपुर नगरपालिका मेयर उप मेयर लगायत नेताह कार्यकर्ताको उपस्थिती रहेको थियो ।


नेकपा सर्लाहीका सचिब कमल बुढाथोकीका अनुसार पार्टीका स्थायी समिति सदस्य गिरिराज मणि पोखरेलको नेतृत्वमा शनिबार बिहान धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेर वाग्लेको शव दाहसंस्कारका लागि बागमती किनारमा ल्याईएको हो । स्व. वाग्लेकी पत्नी, दुई छोरा सहित परिवारका अन्य सदस्यहरुले स्व. वाग्लेको शव सर्लाही ल्याएका हुन् ।