सर्लाही,चैत-४,स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मर्यादित सुवेवस्थित बनाउने विषयमा नेपाली कांग्रेसले आन्तरिक छलफल गरेको छ ।


जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा हुने स्ववियु  निर्वाचन व्यवस्थित र मर्यादित बनाउने सर्न्दर्भमा प्रदेश, जिल्ला,क्षेत्र र युवा विद्यार्थी नेतृत्वबीच छलफल गरिएको हाे ।


छलफलका सहभागी कांग्रेस नेताहरूले अभिमनु नेतृत्वकाे गठबन्धनले निर्वाचन जित्ने निश्चित भएकाले  निर्वाचनलाई मर्यादित बनाउने दिसा तर्फ लाग्न आग्रह गरे ।
छलफलमा नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य ध्रुव रिजाल,सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंह,संविधान सभा सदस्य रामचन्द्र चाैधरी,सर्लाही क्षेत्र नं.१ का क्षेत्रीय सभापति हरि बहादुर  लुङ्गेली,प्रदेश (ख)सभापति सीताराम दाहाल,महाधिवेशन प्रतिनिधि दिपक अधिकारी ,शिव गुर्मछाने,याेगराज देवकाेटा जिल्ला सहसचिव इन्द्र याेन्जन लएका कांग्रेस नेता कार्यकर्ताकाे सहभागिता रहेको थियो ।