लालबन्दी,माघ २४ – दुर्घटनामा मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको शवको आज (शनिबार) दिउँसो सर्लाहीको बागमती स्थित नदी किनारमा दाहसंस्कार गरिने भएको छ ।
यसअघि विहिबार दाहसंस्कार नगर्ने र वाग्लेले मृत्यु अघि शरिर दान गर्ने चाहना व्यक्त गरेअनुरुप विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा अध्ययनका दिने परिवारका निर्णयकाकारण वाग्लेको शव धरान पठाईएको थियो । तर शुक्रबार साँझ पार्टी एवं पारिवारिक निर्णय अनुसार वाग्लेको शवको शनिबार दिउँसो बागमती नदी दाहसंस्कार गरिने भएको छ ।
जर्मनीमा रहेका मृतक वाग्लेका जेठा छोरा प्रज्वल वाग्लेले आफू नआईकन बुबाको पोष्टमार्टम नगर्न आग्रह गरेपछि शुक्रबार दिनभर पनि उनको शवको पोष्टमार्टम हुन सकेन । नेकपा सचिब बुढाथोकीका अनुसार शुक्रबार साँझ साँढे ४ बजे प्रज्वल धरान पुगेका हुन ।
शनिबार बिहान स्व. वाग्लेको शरिरको पोष्टमार्टम गरिएको छ। घटना शंकाष्पद् भएकाले पार्टीका नेता कार्यकर्ता र परिवारका सदस्यले मृत्त शरिरको पोष्टमार्टम गर्ने अडान लिएको बताईएको छ । पोष्टमार्टम गरेपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानले अध्ययनका लागि र शरिर दान नलिने भएकाले स्व. वाग्लेको पार्थिव शरिर दाहसंस्कारका लागि बागमतीमा ल्याउन लागिएको नेकपा सर्लाही सचिब बुढाथोकीले जानकारी दिए ।