सर्लाही,फागुन-२७,नेपाल स्काउट र हरिपुर नगरपालिकाको आयोजनामा  ५२१ बि.टि.सि तथा ३८० पिटिसि तालिम जिल्लाको हरिपुरमा सुरु भएको छ। 


६ दिनसम्म संचालन हुने  आधारभूत प्रशिक्षणमा जिल्लाका विभिन्न विद्यालयका  शिक्षक र विद्यार्थीको सहभागीता रहने हरिपुर नगरपालिका  शिक्षा शाखा प्रमुख  नागेश्वर रायले जानकारी दिए।


प्रशिक्षणको हरिपुर नगरपालिका मेयर गोपाल पजियाले  शनिवार (आज) हरिपुरको चिताइन स्थित  खेल मैदानमा एक कार्यक्रमका बीच उद्घाटन गरे ।
आधारभूत प्रशिक्षणमा ६४ जना प्रतिक्षार्थी  रहने छन्। उद्घाटन समारोहमा हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल , प्रशासनका अधिकृत विनय पौडेल,आर्थिक शाखाका प्रमुख भुपेन्द्र सिंह लगाएकाको सहभागीता रहेको थियोे ।
दैवीप्रकोप ,विपत्त  तथा जोखिम उद्धारका लागि ११ वर्ष देखि १६ वर्ष उमेर विद्यार्थीका लागि यो तालिम प्रभावकारी हुने प्रशिक्षक  कृष्ण चालीसले जानकारी दिए ।
स्काउटका प्रशिक्षार्थीहरुले हरिपुर नगरपालिका मेयर गोपाल पजियार सामू आफ्नो  कलाकौशल प्रस्तुत गरेका थिए। विपत्तिका बेला आइपर्ने समस्यादेखि जीवन उपयोगी  शिक्षा स्वास्थ्य  र विपत्तको पूर्व जानकारी त्यसबेला आइपर्ने  आफ्नो सुरक्षा , बौद्धिक ज्ञान , नैतिक  ज्ञान  , शाररिक, मानसिक, धार्मिक ज्ञान सिकाइने  नेपाल स्काउट  जानकारी दिएको छ ।
पुरुष राष्ट्रिय प्रशिक्षकमा कृष्ण चालिसे, महिला राष्ट्रिय प्रशिक्षक रतना देवी चावल,सहायक राष्ट्रिय प्रशिक्षक गंगा प्रसाद मैनाली, सहायक राष्ट्रिय प्रशिक्षक शिखर सिग्देल लगायतका प्रशिक्षकहरुले  ६ दिनसम प्रशिक्षण गर्ने छन्  ।