सर्लाही,फागुन -२७,घरेलु तथा साना उद्योग कार्यालय मलंगवा ,सर्लाहीले जिल्लाकाे लालबन्दी नगरपालिकाका तथा बजार क्षेत्रका उद्योगी,व्यवसायीसँग बजार विस्तारका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।


अन्तरक्रियामा व्यवसायीले गर्नुपर्ने कार्यका , उधोग र वाणिज्य व्यवसायको दर्ता लगायत बजार विस्तार सम्बन्धमा घरेलुु तथा साना उद्योग कार्यालयका प्रमुख जितेन्द्र किशोर गुप्ताले कार्यपत्र प्रस्तुत गरेका थिए।


कार्यक्रममा प्रमुख गुप्ताले उद्योग दर्ता पछि समयमै नवीकरण गरेर लाग्ने जरिवानाबाट बच्न व्यवसायीलाई आग्रह गरेका थिए ।
उद्योग वाणिाज्य संघ लालबन्दी तृतीय उपाध्यक्ष महेश कुमार महताेकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका महासचिव रामप्रसाद देवकोटाले व्यवसाय सुरू गर्नु पूर्व र पछि व्यवसायीले गर्नुपर्ने कार्य तथा व्यवसाय छनौटका विषयमा समेत कार्यपत्र मार्फत जानकारी गराएका थिए ।
सो कार्यक्रममा उद्योग वाणिाज्य संघ लालबन्दीका काेषाध्यक्ष सुवास दहाल,सदस्य भरतकुमार दहालल कार्यालयका कर्मचारी र लालबन्दीका ७० बढी उद्योगी व्यवसायीकाे सहभागीता रहेको थियो ।