सर्लाही,फागुन-२५,जिल्लाको ईश्वरपुर स्थित नगर अस्पतालमा बिहिवार (आज) बाट आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।
ईश्वरपुर नगरपालिकाले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा उपचार केन्द्रसँग समन्वय गरि नगर अस्पताल परिसर भित्रै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।

आँखा उपचार केन्द्रकाे ईश्वरपुर नगरपालिकाका प्रमुख(मेयर ) मनोजकुमार आचार्य र नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेललेल संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा संविधान सभाका सदस्य रामचन्द्र चौधरी र सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले,भरतपुरका चिकित्सक ल्याएर आँखाका बिरामीलाई निःशुल्क औषधाेपचारको प्रबन्ध मिलाएर प्रसंसनीय कार्य गरेको बताए यसबाट आर्थिक अवस्था कमजोर रहेका वर्गलाई टेवा पुग्ने उनिहरूकाे विस्वास छ ।


उपचार केन्द्रको उद्घाटनकाे क्रममा ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका सन्तोष सुवेदी र सुमन दाहालले नगर अस्पतालका लागि सात थान बेड र बिरामी तथा उनीहरुको कुरुवाका लागि एक थान टेलिभिजन प्रदान गरे । त्यस्तै, ग्रामीण नारी उत्थान सङ्घ हरिपुरले पनि एक थान दराज प्रदान गरेको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा सहयोगी र आँखा उपचार केन्द्र स्थापना गर्न सहयोग गर्ने भरतपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरेलाई सम्मान पत्रबाट सम्मान गरिएको छ ।
उद्घाटन कार्यक्रमका अवसरमा नगर अस्पताल परिसरमा आयोजना गरिएको शिविरमा २० जनाले रक्तदान गरेका छन् ।