सर्लाही,फागुन-२४,जिल्लाकाे लालबन्दीमा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा महिला उद्यमशीलता  विकासमा स्थानीय सरकारकाे भूमिका र याेगदान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


लालबन्दी नगरपालिकाकाे सहयोगमा  लालबन्दी जेसीजले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले लैंगिक समानताको बलियो आधार निर्माणका लागि  महिलाहरूमा उद्यमशीलता बिकाश गरिनुपर्नेमा जाेड दिए ।
कार्यक्रमकि प्रमुख अतिथि  लालबन्दी नगरपालिकाकि उपप्रमुख  कल्पना माया पाख्रिनले महिलालाई पनि कार्यकारी पदमा पुग्ने वातावरण सृजना गरिनुपर्ने बताउदै,अवसर पाए महिलाले पनि  काम गर्न सक्ने बताइन् ।आगामी आर्थिक वर्षको बजेटमा महिलाहरूकाे सीप बिकासका लागि  व्यवस्था मिलाउने उपमेयर पाख्रिले प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रमकी विशिष्ट अतिथि,पूर्व उपमेयर शान्ति लामाले महिलाहरू आर्थिक रूपमा सबल भएपछि मात्र महिला पहिला हुन सक्ने तर्क गरिन । त्यसको लागि महिला उद्यमी बन्नु पर्ने आवश्यकता औल्याईन ।


कार्यक्रममा लालबन्दी  जेसीज वर्ष २०२३ का  अध्यक्ष सन्ताेष पाैडेले महिलाकाे सीप र क्षमताको बिकासका लागि पहल गर्न आग्रह गरे, उनले स्थानीय सरकारले  महिलाद्वारा  सञ्चालन गर्ने व्यवसाय दार्तालाई  निशुल्क गरिनु पर्नेमा जाेड दिए ।
नेपाली कांग्रेस नगर काेषाध्यक्ष सानू पाख्रिन,नेकपा एमालेका लालबन्दी नगर अध्यक्ष विक्रम भण्डारी,माओवादी केन्द्रका लेखराम जर्घा ,राप्रपाका गंगा प्रसाद चाैलागाई,उद्याेग वाणिाज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकी,बाल संरक्षण संस्थाकी अध्यक्ष मुना उपाध्याय,पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रमकी अध्यक्ष भवानी काेईराला,जनज्योति माविका उपाध्यक्ष  कमल पाैडेल,अन्तर पार्टी महिला सञ्जालकी  अध्यक्ष ,सारदा  बान्तवा,सृजना बस्नेत लगाएका वक्ताहरूले ,सृजना बस्नेत लगाएका वक्ताहरूले महिलाले सधैं विरहकाे गीत गाउने मात्र नभई आर्थिक सबलिकरणमा जाेडदिनुपर्ने तर्क गरे ।
जेसीज वर्ष २०२३ का अध्यक्ष ठाकुर प्रसाद बखरेलले काे अध्यक्षता एवम् जेसीज वर्ष  २०२३ की कार्यकारी उपाध्यक्ष सुनिता (खरेल) थपलियाकाे संयाेजकत्वमा सम्पन्न  कार्यक्रमकाे सञ्चालन प्रतिमा पाैडेलले गरेकी थिइन् ।
एभरेष्ट हाेटल लालबन्दीमा सम्पन्न कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखा लालबन्दी,बाल संरक्षण संस्था लालबन्दी,एमनेष्टी इन्टरनेशनल ग्रुप ७८ लगायतका संघ संस्थाहरू आयाेजकका रूपमा रहेका थिए ।