सर्लाही,फागुन-२२,जिल्लाको चन्द्रनगर गाउँपालिका का अध्यक्ष राजकुमार महताेले बालविवाह अनत्यका लागि पालिका उच्च शिक्षा अध्ययन पछि विवाह गर्ने ११ जना छाेरीलाई विवाह मन्डपमै ५० हजारको चेक हस्तान्तरण गरेका छन् ।

बाल विवाह अन्त्य तथा छोरीहरूको उच्च शिक्षामा पहुँच पुर्याउने उद्देश्यले गाउँपालिका अध्यक्ष महतोले अहिलेसम्म पालिका का ११ छोरीहरुलाई आर्थिक सहयोग गरिसकेका छन् ।

सोमवार (आज) चन्द्रनगर गाउँपालिका वडा नं ७ की २२ वर्षीया एलिसा चौधरीलाई अध्यक्ष महतो, उपाध्यक्ष गिता देवी महतो र वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरीले संयुक्त रुपमा चेक हस्तान्तरण गरे ।
चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष महतोले छोरीहरू शिक्षित भयो भने सम्पूर्ण परिवारनै शिक्षित हुने गरेको हुदा छोरीहरूलाई उच्च शिक्षामा पहुच पुर्याउन यो कार्यक्रम लागु गरिएको बताए ।
गाउँपालिकाले बालविवाह अनत्य तथा छोरीको उच्च शिक्षामा पहुँच पुर्याउन अभियान थालेपछि अभिभावक पनि सचेत भएका छन् ।
गाउँपालिका अध्यक्ष महतोले छोरीको उच्च शिक्षामा पहुँच पुर्याउन गाउँपालिकाले एउटा छोरीमा ६१ हजार लगानी गरेको बताए ।
मधेस प्रदेश सरकार लगायत स्थानीय सरकार मध्येहरुमै चन्द्रनगरको यो कार्यक्रम उत्कृष्ट भएको बेहुलीको आफन्त रामानन्द चौधरीले बताए ।
बेहुली चौधरीको विवाह ईश्वरपुर नगरपालिका वडा नं ७ का २६ वर्षीय प्रविण कुमार चौधरी संग भएको छ ।नव निर्वाचित जनप्रतिनिधिहरुले गाउँपालिकामा छोरीहरूको उच्च शिक्षा बिचमै रोकिने परम्परा हटाउन र बालविवाह न्युनिकरण गर्ने निर्णय गरि अभियान थालेको हाे ।
तराई मधेशमा अहिले पनि बालविवाह व्यापक हुने गर्दछ । चन्द्रनगरे याे अभियान सुरू गरेपछि बालविवाह न्यूनीकरण हुदै गएको छ ।