प्रशासकीय भवनको शिलान्यास गर्दै, गाउँपालिका अध्यक्ष राजकुमार महतो ।

सर्लाही,फागुन—१९,जिल्लाको चन्द्रनगर गाउँपालिकाले अत्याधुनिक प्रशासकीय भवन निर्माण गर्ने भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं ६ स्थित नाढिमैन ताल परिसरमा बन्ने प्रशासकीय भवनको गाउँपालिका अध्यक्ष राजकुमार महतोले शुक्रावार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन।

प्रशासकीय भवन निर्माण पछि अतिक्रमणमा परेको ऐतिहासिक नाढिमैन तालको विकासमा मद्दत पुग्ने विश्वास लिइएको छ ।
५२ विघे तालको रुपमा परिचित नाढिमैन अतिक्रणका कारण ३३ विघामा खुम्चिएको छ । भवन शिलान्यास क्रममा बोल्दै अध्यक्ष राजकुमार महतोले चुनावको बेला आफूले गरेको प्रतिबद्धता अनुसार कार्य प्रारम्भ गरेको बताए ।

कार्यक्रममा अध्यक्ष महतोले ऐतिहासिक नाढिमैन ताल क्षेत्रलाई पर्यटकीय हिसावको रुपमा विकास गर्न यहाँका नागरिकको सहयोग रहनु पर्ने बताए । उनले पहिलो चरणमा अतिक्रमित क्षेत्र खाली गरिने बताए । भवन नहुदाँ पलिकाको प्रशासनिक कार्य साविकको गाविस भवन, भाडाको टहरा र धर्मशालाबाट संचालन हुँदै आएको छ ।

निर्माण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङका अनुसार ११ करोड ५० लाख लागते भवन निर्माण सम्पन्न हुने अनुमानकासाथ गाउँ सभाले एक करोड बजेट विनियोजन गरेको छ ।
पालिकाका अध्यक्ष महतोका अनुसार भवन निर्माणका लागि स्थानीय विकास पूर्वाधार विभाग, काठमाडौंमा ११ करोड ५० लाखको प्रस्ताना पेश गरिएको छ । पूर्वाधार कार्यालय र गाउँपालिकाको ६०÷४० लगानीमा भवनको निर्माण सम्पन्न हुने विश्वा लिइएको छ ।