चियोचर्चो खबर
ईश्वरपुर,माघ २३—ईश्वरपुर नगरपालिकामा शुक्रवार सेभ द चिल्ड्ेनको साझेदारीमा सन् २०१७ जुलाई देखी ग्रामीण नारी उत्थान संघ हरीपुरद्वारा सञ्चालीत समुन्नतीकार्यक्रमको अनुगमन गरिएको छ ।सेभ द चिल्ड्रेन चिल्ड्ेन क्षेत्री यकार्यालय वर्दिवास तथा मलंगवा जिल्ला कार्यालयका टिमवाट फिल्ड अनुगमन गरिएको हो ।अनुगमनको क्रममा ईश्वरपुर –१४ श्रीनगर स्वाथ्यचौकीमा नवर्निमित किशोरकिशोरी मैत्रीभवनको समेत उद्घाटन गरिएको छ ।
१३ लाख ४६ हजार एक सय वाईस रुपैयाको लागतमा सेभ द चिल्ड्ेन को आर्थिक सहयोग तथा ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजिकरणमा भवनको र्निमाण कार्य सम्पन्नभएको हो ।
उक्त स्वस्थ्यचौकीमा वर्थिङ्ग सेन्टरलाई सहयोग पुग्ने स्वास्थ्य उपकरणको साथै हेण्डवास र पिउने पानीको पनि व्यवस्था गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।भवन निमार्ण सम्पन्न भएपछि किशोर किशोरीलाई आईपर्ने समस्याका वारेमा त्यस क्षेत्रका किशोर किशोरीहरुले सिकाई केन्द्रको रुपमा प्रयोग गर्न थालेका बताईन्छ ।
अनुगमनको क्रममा ईश्वरपुर –११ करमुहान स्थित जनता प्राथमिक विद्यालयमा २ लाख ५० हजार ७ सय पचपन्नको लागतमा मर्मत भएको कम्पाउण्ड र कक्षा कोठा रंगरोगन कार्य सम्पन्न गरिएको पाईएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।
विद्यालयको वालविका तथा अन्य कक्षाहरुमा शैक्षिक समाग्री, खेलकुद सामाग्रीको साथै खानेपानीको व्यवस्थापन समुन्नती कार्यक्रम मार्फत ग्रामीण नारी उत्थान संघ हरिपुरले सहयोग पु¥याएको संस्थाले जनाएको छ ।