सर्लाही,फागुन-१७, सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा सहकारीका ४पदाधिकारीहरुलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

  पुर्पक्षको लागि थुनामा जानेहरुमा जिल्लाको मंगवा नगरपालिकामा रहेको सुबिधा  बचत तथा ऋण  सहकारी संस्थाका प्रवन्धक   मलंगवा नगरपालिका वडा नं. ९ का  दिपक लाल अमात्य, सहकारीका खजान्ची वडा नं. १० का निर्मल कुमार श्रेष्ठ, सहकारीका फिल्ड सहायक वडा नं. २ का कामेश्वर प्रसाद सिंह र  ऋणी उमेश प्रसाद अधिकारी रहेका छन । 

अन्य फरार प्रतिवादीहरुको खोजतलास भैरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
नगरकाे वडा नं. ८ मा रहेको  सुबिधा बचत तथा ऋण सहकारीकारीको रकम हिनामिना भएको भन्दै,संस्थाका उपाध्यक्ष जय प्रकाश अग्रवाल तथा लेखा समितिका संयोजक शान्ता प्रसाद श्रेष्ठले सहारी ऐन २०७४ सम्बन्धी कसुरमा संस्थाका प्रवन्धक  दिपकलाल अमात्य तथा अध्यक्ष ईश्वर भन्ने हरि शंकर रौनियारसमेतलाई बिपक्षी बनाई जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।


जाहेरी पश्चात जिल्ला प्रहरी कार्यालयले मुदा दर्ता गरेका थियो । मुदाको पेशीमा जिल्ला अदालतले सहकारीमा हिनामिना गरेको अभियोगमा प्रतिवादीहरुलाई पुर्पपक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए। उनका अनुसार अन्य  प्रतिवादीहरुको खोजतलास भैरहेको छ ।