चन्द्रपुर,फागुन -१७, नेपाल बिद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पसको इकाई सभापतिमा भिमराज अधिकारी चयन भएका छन ।
बुधवार (आज) नेविसंघ  रौतहटको आयोजनामा भएको इकाई सभापति चयन प्रक्रियामा अधिकारी निर्बिरोध चयन भएका हुन ।


कार्यक्रममा प्रतिनिधिसभा सदस्य देब प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्य  भएको हाे ।
कार्यक्रममा मधेस प्रदेश सदस्य सुर्य थापा,नगर सभापति मुकेश गीरी,महासमिति सदस्यहरु नवराज देबकोटा , देबराज कार्की , माहाधिबेन प्रतिनिधि सुबास कोईराला, वडा ५ का निलहरी कोइराला ,जिल्ला सदस्य श्यामहरी चौलागाईं , पुर्व इकाई अध्यक्ष सुमन गौतम स्ववियु सभापति संगम श्रेष्ठलगायत विद्यार्थीहरूको उपस्थिती रहेको ने.बि संघ जिल्ला अध्यक्ष अधिकार लामिछानेले जानकारी दिए ।

इकाई सभापति पद लामो समय देखी रिक्त रहेको थियो ।