सर्वसम्मति चयन भएका अध्यक्ष लगाएत अन्य पदाधिकारी ।

सर्लाही,फागुन –१५,अखिल नेपाल महिला संघ सर्लाहीको आईतवार राति अवेर सम्पन्न तेस्रो जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयान गरेको छ । बरहथवा स्थित दास धर्मशालामा सम्पन्न सम्मेलनले .संजिता घिमिरे अध्यक्ष रहने गरि ५१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।


नवगठित जिल्ला कमिटिहरुका अन्य पदाधिकारीहरुमा एकावती चौधरी,उपाधयक्ष,बिभा नेपाल सचिव,पवित्रा घिमिरे कोषाध्यक्ष,मन्जु राउत उपसचिव,प्रेमशिला कुशवाह उपसचिव र अन्य सदस्य रहेका बरहथवा नगरपालिकाकी प्रमुख(मेयर) कल्पना कुटुवाल जानकारी दिइन् ।

अधिवेशनको आइतवार दिउसो अनेम संघ मधेस प्रदेशका संयोजक निर्मला देवकोटाले उद्घाटन गरेकी थिइन् ।
जिल्ला अध्यक्षमा सन्जीता घिमिरे ,वीभा नेपाल र रीता मैनालीले दावी गरेपछि पार्टी भित्र छलफल गरेर सर्वसम्मतिमा अध्यक्ष लगाएत अन्य पदाधिकारीको टुङ्गो लगाइएको स्रोतले जनाएको छ।


उद्घाटन सत्रमा नेकपा एमाले सर्लाही जिल्ला अध्यक्ष राजनारायण साह,नेता मनोज देवकोटा,कमला देवी महतो,रन्जना सरकार,रीता मैनाली,चुडामणि वाग्लेलगाएले सम्बोधन गरेका थिए ।