सर्लाही,फागुन -१४,अखिल नेपाल महिला संघ सर्लाहीको तेस्रो जिल्ला अधिवेशन जिल्लाकाे बरहथवामा जारी छ।
बरहथवाको दास धर्मशालामा आइतवार (आज) अधिवेशनको अनेम संघ मधेस प्रदेशका संयोजक निर्मला देवकोटाले उद्घाटन गरेकी हुन्।

जिल्ला अध्यक्ष कल्पना कुटुवालकाे अध्यक्षतामा जारी अधिवेशनले ५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने नेकपा एमालेका बरहथवा नगरकमिटीका अध्यक्ष अमरेन्द्र सिंहले जानकारी दिए ।

नयाँ नेतृत्व चयनका लागि संघका पदाधिकारी बीच छलफल जारी रहेको बताइएको छ। जिल्ला अध्यक्षमा तीन जानले दावी पेश गरेपछि पार्टी भित्रैबाट छलफल गरेर अध्यक्षको टुङ्गो लगाउने प्रयास भइरहेको स्रोतले जनाएको छ।
अध्यक्षका आकांक्षीमा सन्जीता घिमिरे ,विभा नेपाल र रिता मैनाली रहेका छन् ।

तीनै जनालाई चित्तबुझ्ने गरि सहमतिमा नेतृत्व चयन हुने जिल्ला अध्यक्ष तथा बरहथवा नगरपालिकाका मेयर कल्पना कटुवालले जानकारी दिइन् ।
उद्घाटन सत्रमा नेकपा एमाले सर्लाही जिल्ला अध्यक्ष राजनारायण साह,नेता मनाेज देवकोटा,कमला देवी महताे,रन्जना सरकार,रीता मैनाली,चुडामणि वाग्लेलगाएले सम्बाेधन गरेका थिए ।