सर्लाही,फागुन -१४,जिल्लाकाे लालबन्दीमा रहेको जनज्योति माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भएको छ ।


आइतवार(आज) सम्पन्न अभिभावक भेलाले नेकपा एमालेका नेता बलराम पोखरेल अध्यक्ष रहने गरी ६ सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको हो ।
सर्वसम्मत चयन अन्य पदाधिकारीहरूमा गोपाल प्रसाद घिमिरे, अरुण बराईली, करुणा अधिकारी, सविता भट्टराई र पार्वती (भण्डारी) कोइराला रहेका छन् ।


समितिमा विद्यालय रहेको वडाका वडाध्यक्ष सदस्य, एक जना शिक्षक प्रतिनिधि सदस्य र प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था छ ।
यश अघि माओवादी नेता मनिषकुमार माझी नेतृत्वमा व्यवस्थापन समितिको रहेको थियो । उक्त समितिकाे कार्यकाल सकिएकाे करिव डेढ वर्ष पछि विद्यालय व्यवस्थापन समिति गठन भएको हाे ।
शनिवार देखि लालबन्दीमा क्रियाशील मुख्य राजनीतिक दल बीच छलफल र सहमति गरि नयाँ व्यवस्थापन समिति गठन गरिएको हो ।

सर्लाहीमा सबैभन्दा धेरै विद्यार्थी पढ्ने, जनज्योति माविमा कक्षा १२ सम्म पढाई हुन्छ । यहाँ अहिले ३५ सय बढी विद्यार्थी अध्ययनरत् छ । विद्यालयमा सर्लाहीको चुरो तथा दक्षिणी क्षेत्रकासाथै छिमेकी जिल्ला,सिन्धुली,महाेत्तरी,राैतहट र बाराका विद्यार्थीहरू अध्ययनरत छन् ।