सर्लाही,फागुन -१२,जिल्लाको बागमतीमा रहेको श्री पशुपती सामुदायिक प्राथमिक विद्यालयकाे पक्कि भवन शिलन्यास गरिएको छ ।
शुक्रवार बागमती नगरपालिका–११, स्थित कर्मैयामा रहेको श्री पशुपति सामुदायिक प्राथमिक विद्यालयकाे नवनिर्मित भवनको शिलन्यास गरिएको हो ।


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण हुनलागेको ४ कोठे पक्कि भवनको बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले शिलन्यास गरेकी हुन ।भवन अत्याधुनिक तथा भुकम्प प्रतिरोधी रहने विद्यालय प्रशासनले जनाएको छ ।
जेठ मसान्त सम्म निर्माण सम्पन्न हुने उक्त भवनको निर्माण लागत कुल ४५ लाख रहेको नगर शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए ।

भवन अभावमा बालबालिकाहरुले साघुरो कक्षाकोठामा बसेर पढ्नु पर्ने बाध्यता रहेको थियो । भवन निर्माण भएपछि बालबालिकाहरुलाई पठन पाठमा थप सहज हुने विद्यालय ब्यवस्थापन समिति अध्यक्ष गोपाल थापाले जानकारी दिए ।
उक्त भवन शिलन्यास कार्यक्रममा पशुपति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बद्रि खड्का, शिक्षा सेवी लम्बोधर काफ्ले, स्थानीय जनप्रतिनिधि विद्यालयका शिक्षक, शिक्षिका लगाएतको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक त्रिलोकनाथ सिंहले जनाकारी दिए ।