सर्लाही,फागुन -१२,जिल्लाको हरिपुर्वा नगरपालिका ५ स्थित रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
नवनिर्मित भवनको हरिपुर्वा नगरपालिका का प्रमुख (मेयर ) बिनोद कुमार साहले शुक्रवार (आज) उद्घाटन गरेका हुन ।
२०६६ साल जेठ महिनाको २८ गते जिल्ला डिभिजन सहकारी कार्यालयमा दर्ता भइ शुभारम्भ भएको जयगंगा बचत तथा ऋण सहकारी संस्था अहिले हरिपुर्वा नगरपालिका भित्रकाे पहिलो सहकारीको रुपमा स्थापित भएको छ ।
संस्थाले आफुले दिने सम्पूर्ण सेवालाई अनलाइन मार्फत गर्दै आएको संस्थाका व्यवस्थापक मुकेश झा ले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
नवनिर्मित भवन उद्घाटन तथा संस्थाको १४औ वार्षिक सधारण सभामा प्रबन्धक मुकेश झा ले आर्थिक बर्ष २०७८/०७९ को आय व्यय प्रस्तुत गरेका थिए ।
२ हजार ५ सय शेयर पुजि बाट सुरूवात भएको जय गंगा बचत तथा ऋण सहकारी संस्थाको हाल ३० लाख शेयर पुजि भएको झा ले बताए ।
त्यसतै संस्थाको निक्षेप बचत मा ५ करोड ५ लाख ३१ हजार ७ सय ६५ रहेको छ । संस्थाको ३ करोड ५५ लाख ३६ हजार २ सय ४३ ऋण लगानी गरि , ४ लाख ५७ हजार ५ सय ८ रुपैया आयकर पछि को नाफा आर्जन गरेको छ ।
जयगंगा बचत तथा ऋण सहकारी संस्थामा अहिले ३ हजार १ सय सदस्यले प्रत्यक्ष रुपमा कारोबार गरिरहेको संस्थाको प्रबन्धक मुकेश झा ले बताए ।
संस्थाको अध्यक्ष गणेश कुमार यादवकाे अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा प्रमुख आतिथि नगर प्रमुख बिनोद कुमार साहले शिलापत्र पढेर भवनको उद्घाटन गरेका थिए । कार्यक्रममा बिष्ट अतिथि आतिथी समाज सेबि ( दुखिया) नरेन्द्र राय, आतिथिहरूमा, वडा नम्बर १ का वडाध्यक्ष श्यामबाबु राय , ६ का वडाध्यक्ष राम सोगारथ राय , ७ का वडाध्यक्ष उमेश राय , ४ का पूर्व वडाध्यक्ष नागेश्वर रायसहित स्थानीय व्यापारी, संस्थाको संचालक तथा शेयर सदस्यको सहभागिता रहेको थियो ।