प्रतिकात्मक तस्विर

चियोचर्चो खबर

गोडैता,माघ २३— सर्लाही गोडैता नगरपालिका १ बहादुरपुर स्थित नेपाल भारत सिमा  नजिक भारतबाट नेपाल तर्फ आउँदै गरेको बि.आर ३० आर ७१५४ नं.को मोटरसाइकल. र विपरित दिशाबाट आउँदै गरेको बि.आर ३० जी ए ०७९६ नं.को ट्रयाक्टर बिहिवार अपरान्ह एक आपसमा ठोक्किदा मोटरसाइकल पछाडि बस्ने बरहथवा नगरपालिका  १३ विन्वा टोल की रामप्रवेश रायको श्रीमती बर्ष ४९ की ईन्द्रासन देवी यादवको मृत्यु भएको छ ।

मोटरसाईकल.चालक बरहथवा नगरपालिका  १३ विन्वा टोल बस्ने बर्ष २३ को रुपेश राय सामान्य घाईते भएका छन । गम्भिर घाईते ईन्द्रासन देवी यादवलाई उपचारको लागी जिल्ला अस्पताल मलंगवा लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतकको लाश पोस्टमाटमको लागि जिल्ला अस्पतालमा मलंगवामा रहेको र थप अनुसन्धानको लागि ट्रयाक्टर,ट्रयाक्टर चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्र.नि.दिपक चोरवारले जानकारी दिए ।