नगरस्तरीय वडा अनुगमन कार्यक्रममा बाेल्दै ,लालबन्दी नगरपालिका का मेयर वासुवेव अधिकारी । तस्विर : कृष्ण थपलिया ।

कृष्ण थपलिया / नारायण खाेला

लालबन्दी,फागुन—९,लालबन्दी नगरपालिका वडा नं–१४,मा नगरस्तरीय वडा अनुगमन कार्यक्रम मंगलवार (आज) सम्पन्न भएको छ ।कार्यक्रममा स्थानीयले लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) वासुदेव अधिकारीसँग वडामा विकास निर्माणका लागि ५ प्राथमिकता प्रस्तुत गरेका छन् । अन्य वडामा जस्तै प्राथमिकताको आधार पहिचान गरेका उनिहरुले एउटा भने, फरक विषय उठान गरेका छन् ।

उनिहरुले भौगोलिक हिसावले आफ्नो वडा धेरै टुक्रामा बिभाजित र ठुलो भएकाले यसलाई बिभाज गरिदिन माग गरेका छन् । वडा बिभाजनबाट बिकाशका गतिविधि सञ्चालन गर्न सजिलो हुने उनिहरुको विश्वास छ ।
मेयर अधिकारीको सचिवालयले नगरको वडामा नं–१४ मोटरदोभान स्थित सामुदायिक भवनमा आयोजना गरेको नगर स्तरीय वडा अनुगमन कार्यक्रममा स्थानीयले शिक्षा ,स्वास्थ सञ्चार,विद्यूत र बाटोलाई प्राथमिकतामा राखेर काम गरिदन आग्रह गरे । आफूहरुको पहिलो प्राथमिकता भने, बाटो नै भएकाले यसको लागि बजेटमा व्यवस्था गरिदिन उनीहरुले आग्रह गरे।


कार्यक्रममा नगर प्रमुख (मेयर) अधिकारीले छलफलमा उठेका विषय र स्थानीयको आवश्यकतालई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरको सिमित बजेटबाट भौगोलिकरूपले बिकट बस्ती नरायणखोलाका नगरिको चाहना अनुरुप बिकास गर्न असम्भव हुने भएकाले सवै वडाको आवश्यकक्ताको पहिचान गरि संघिय र प्रदेश सरकारसँग ससन्वयको लागि प्रयास थाल्ने बताए । मेयर अधिकारीले उठेका सुझावहरूलाई मार्गदर्शनको रूपमा लिएर अघि बढ्ने बताए उनले बिकास लागि सवै जनप्रतिनिधि एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।
उनले जन प्रतिनिधि सझा प्रतिनिधि भएकाले बिकाशका लागि पनि साझा एजेन्डा बनाएर अघि बढ्नु पर्ने तर्क गरे । शिक्षाको विषय महत्त्वपूर्ण विषय भएकाले । विद्यार्थीलाइ १९२ दिन पढाउनु पर्नेमा अभिभावकले ६ महिना इटाभट्टामा बालबालिका लिएर जाने कारणले पनि शिक्षामा सोचेअनुरुप प्रगति हुन नसकेको बुझिएकाले आवासीय योजनासहित शिक्षामा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले त्यसको लागि सवैलाई पायक पर्ने केन्द्र छनोट गरेर नगपालिकामा ल्याउन आग्रह गरे । उच्च शिक्षाका लागि नगरले छात्रवृत्ति कार्यक्रम ल्याएकाले शिक्षा शाखामा पम्पर्क गर्न आग्रह गरे । उनले ऐलानी जग्गा व्यवस्थापनका लागि काम भइरहेको बताए ।
लालबन्दी –१४ का वडाध्यक्ष छेनाम सिंह घिसिङको अध्यक्षता तथा नगर प्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ,लालबन्दी नगरपालिका वडा नं.१ का अध्यक्ष हरिबहादुर भट्टराई, वडा नं.२ का वडाध्यक्ष किरण पासवान वडा नं.३ का वडाध्यक्ष बुद्धदेव चौधरी वडा नं.–१३ का अध्यक्ष शिव कृष्ण वैधे शिक्षा शाखा अधिकृत लक्ष्मी सिवाकोटी, मेयरका स्वकीय सचिव भानुभक्त बराल, स्थानीय राजनीतिक दलका अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा वडाध्यक्षहरुले भूक्षय नियन्त्रण र आयआर्जनमा पनि टेवा पुग्ने भएकाले चुरे क्षेत्रका वस्मिा फलफूल खेतिको लागि प्रोत्साहित गर्नुपर्ने तर्क गरे ।