राजु तामाङ/हरिवन
फागुन -९ ,सरकारले दिएको सार्वजनिक बिदाको अवज्ञा गरेको भन्दै,जनजाति महासंघ सर्लाहीका कार्यकर्ताहरुले हरिवन स्थित गणेश चाेकमा स्कुल बस तोडफोड गरेका छन् ।
राष्ट्रिय साँस्कृतिक पर्व महायानी बौद्ध धर्मावलम्बीको चाँड ग्याल्पो ल्होसार २१५० को अवसरमा नेपाल सरकारले मंगलवार (आज)सार्वजनिक बिदा दिएको छ ।
सरकारले दिएको सार्वजनिक बिदालाई अटेर गरि स्कुल सञ्चालन गरेको भन्दै जनजाति महासंघ सर्लाहीका कार्यकर्ताले लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको पिस जोन इङलिस बोर्डिङ स्कुलको बस ना. १ क. ८८३४ को नं. बसमा तोडफोड गरेका हुन ।
आफुहरुले सार्वजनिक बिदाको समयमा स्कुल सञ्चालन नगर्न भनी विद्यालय हरूलाई पुर्व जानकारी गराउँदा पनि केही निजी विद्यालयले अटेर गरे पछि चेतावनी स्वरूप विद्यार्थी पुर्याएर फर्किएकाे गाडिबाट चालक सह-चालकलाई ओरालेर खाली गाडी ताेडफाेड गरेको जनजाति युवा महासंघ मधेस प्रदेशले जनाएको छ।
उक्त घट्नाको सम्पूर्ण जिम्मेवारी महासंघले लिएको जनाएको छ । सार्वजनिक बिदाको विषयलाई लिएर आफुहरुले निजी विद्यालयको संगठन प्याब्सन सर्लाहीलाई समेत आधिकारिक रुपमा जानकारी गराएको महासंघको दाबी छ। आक्रमणबाट गाडीको अगाडि पछाडि र साइडकाे सिसाहरू फुटेका छन् ।घटनाको उद्योग वाणिाज्य संघ लालबन्दी लगाएका संघसंस्थाले विज्ञप्तिमार्फ आपत्ति प्रकट गरेेका छन्, भने विद्यालयले घटनामा संलग्नलाई प्रकाउ गरि कार्वाहीकाे दायरामा ल्याउ माग गरेका छन् ।