सर्लाही, फागुन -७,सर्लाहीको बागमतीमा सम्पन्न सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लब काठमाण्डौले उचालेकाे छ ।


आइतवार (आज) बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा सम्पन्न फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाण्डौले जवलाखेल युथ क्लब ललितपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै , उपाधि उचालेकाे हाे । मच्छिन्द्रले १० लाखसँगै राजर्षि जनक कप हातपारेको हाे । भने, उपविजेता बनेको जावलाखेल यूथ क्लव ललितपुरले ५ लाखमा चित्त बुझाएको छ ।
जितसगैँ साविक लिग विजेता समेत रहेको मच्छिन्द्रले राजर्षिको ईतिहासमा पहिलो पटक नाम लेखाएको छ । भने, सिजनको पहिलो कप समेत उचालेको छ ।
मच्छिन्द्रका लागि खेलको २९ औं मिनेटमा विमल घर्ती मगरले पहिलो गोल गर्दै अग्रता दिलाए । जावलाखेलका डिफेन्डर आदित्य चौधरीले मच्छिन्द्रका अभिषेक गुरुङ्गलाई डिबक्समा लडाएपछि पाएको पेनाल्डीको अवसरलाई मगरले सदुपयोग गर्दै जावलाखेलको जाली चुमाएका हुन् । पहिलो बार च्यापेर प्रहार गरेको बल सहजै गोलमा परिणत भयो ।
त्यसैगरी खेलको ८० औं मिनेटमा मछिन्द्रका सौरभ लिम्बुले डिबक्सको कर्नरबाट प्रहार गरेको बल जावलाखेलको गोल किपर अनिश देउलाले पन्च गरिदिए । उक्त बललाई क्याप्टेन सुजल श्रेष्ठले डिबक्स भित्रबाट सशक्त प्रहार गर्दै गोलमा परिणत भएगरिदिए पछि मछिन्द्रले अग्रता २–० अवस्थामा पुर्यायो । सुजलको प्रहार क्रसबार नजिक हुदै गोलपोष्टको दिशा लिन सफल भयो ।


खेलको ८४ औं मिनेटमा जावलाखेलका बिनोद केसीले गोल गर्दै खेललाई १–२ को अवस्थामा पुर्याए पनि हार टार्न भने सकेन्न । मछिन्द्रका गोल रक्षक बिशाल श्रेष्ठले डिफेन्डर दिवाकर चौधरी सगँ खेलेको बल पुनः दिवाकरले गोल रक्षक श्रेष्ठ सगँ खेल्ने क्रममा तालमेल नभएको अवस्थालाई जावलाखेलका बिनोद केसीले सदुपयोग गरेका हुन् । मच्छिन्द्रका डिफेण्डर चुकेको अवस्थामा केसीले गोल गर्दै टिमलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।
खेलमा एक गोल गरेका मच्छिन्द्रका क्याप्टेन सुजल श्रेष्ठ म्यान अफ द म्याच घोसित हुदै ट्रफि र १० हजार प्राप्त गर्न सफल भए । खेलको सुरुदेखीनै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जावलाखेलले खेलमा फर्कन गरेको संघर्षपुर्ण प्रयास असफल भयो । जावलाखेलका खेलाडिले पाएको केही आकर्षक अवसरहरु सदुपयोग गर्न नसक्दा हार ब्यहोर्नु परेको थियो । भने, मच्छिन्द्रले आफुलाई केही सम्हालेर खेलेको थियो ।
त्यसैगरी प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी बागमती युवा क्लबका सृजन गौतम बनेका छन् । गौतमले ट्रफी सहित नगद रु ५१ हजार पाए । मच्छिन्द्रका विशाल श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, जावलाखेलका सिमान्त थापा उत्कृष्ट डिफेन्टर, जावलाखेलका समिराज ठोकर उत्कृष्ट मिड फिल्डर, मछिन्द्रका विमल घर्ती मगर उत्कृष्ट स्ट्राइकर र मछिन्द्रकै प्रवेश कटुवाल उत्कृष्ट कोच हुदै जनही २५ हजार पुरस्कार र ट्रफि प्राप्त गर्न सफल भए ।
त्यसैविच प्रतियोगिताको उदियमान खेलाडीको उपाधि बागमती युवा क्लबका अभिषेक वाइवा घोषणा भएका छन् । उनले २०० सिसिको मोटरसाइकल प्राप्त गरेका बागमती युवा क्लबका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए । माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा एक बिदेशी, दुई बिभागिय सहित ए डिभिजन र मोफसल तथा आयोजक समेत गरी १२ वटा टिमको सहभागिता जनाएका थियो ।