मुकेश झा /सर्लाही
फागुन -७, बैदेशिक रोजगार श्रमिकद्वारा १ करोडको लागतमा बनेको हरिनाथ महादेव मन्दिरको आइतवार (आज) उद्धघाटन गरिएको छ ।

एक कार्यक्रमका बीच मन्दिरको मधेश प्रदेश सरकाका अर्थ मन्त्रि सजंय कुमार यादवले उद्घाटन गरेका हुन ।
हरिपूर्वा नगरपालिका शलेस पोखरी स्थित हरिनाथ महादेव मन्दिर संरक्षण तथा सम्बर्द्धन गर्न २०७२ सालमा मन्दिर निर्माणको लागि खाडी मुलुकमा रहेका श्रमिक युवाहरुले सहयोग गरि हरिनाथ महादेव मन्दिर निर्माण गर्ने अथोट लिएर शिलान्यास गरेको समितिका अध्यक्ष रामपृत यादवले बताए ।
सात वर्षको प्रयास पछि २०७९ साल आश्विन २ गते मन्दिर निर्माणको कार्य सम्पन्न भएको समितीको कोषाध्यक्ष प्रमोद साहले वताए ।


महाशिवरात्रीको अवसर पारेर फागुन ५ गते देखी ७ गते सम्म वैदिक मन्त्रद्वारा हरिनाथ महादेव मन्दिरमा शिव लिङ्गकाे प्राणप्रतिष्ठा सम्पन्न भए हाे । आज अर्थ मन्त्री सजंय कुमार यादवले उद्धघाटन गरे पछि मन्दिरलाई सर्वसधारणको लागी खुल्ला गरिएको छ ।
उद्धघाटन कार्यक्रममा अर्थ मन्त्री सजंय कुमार यादवले हरिनाथ महादेव मन्दिर अवस्थित क्षेत्रलाई आउँदो बजेटबाट धार्मीक प्रयटकिय स्थलको रुपमा चिनाउने गरि बिकास निर्माणमा पुर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले हरिपूर्वा नगरपालिकामा शिक्षा स्वास्थ्य तथा सिंचाइकाे क्षेत्रमा पनि आफुले सक्दाे सहयोग गर्ने बताए ।
हरिनाथ महादेव मन्दिरको उद्धघाटन कार्यक्रमको बिशिष्ट आतिथीकाे रुपमा हरिपूर्वा नगरपालिकाको नगर प्रमुख बिनोद कुमार साह,उपप्रमुख सुमिन्त्रा देवी, आतिथीहरुमा वडाध्यक्षहरु, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव, उपाध्यक्ष गणेश कुमार यादव, निभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र स्थानियको उपस्थिति रहेको थियो ।