लालबन्दी, फागुन- ६, पुस १८ गते रानीगञ्जमा भएको सवारी दुर्घटनामा लेनदेन विवादका कारण घटना घटाइएको पीडित परिवारले दाबी गरेका छन् । उनीहरूले दोषीलाई हदैसम्मको कार्वाही हुनुपर्ने माग गरेका छन् ।


घटनामा ज्यान गुमाएका लालबन्दी नगरपालिका- १७ रानीगञ्जका स्थानीय शंकर महतोका छोरा ३३ वर्षिय राजकुमार महतोको आफन्त र छिमेकीहरुले घटनामा संलग्न सवारीका चालक २२ वर्षीय मुकेश साहलाई हदैसम्मको कार्वाही हुनुपर्ने बताएका हुन् ।
शनिवार(आज) पीडित परिवारले घरमै पत्रकार सम्मेलन गर्दै, उनका बुबा शंकर महतोले आफ्नो छोरालाई ठक्कर दिने सवारीका चालक मुकेश साहलाई हदैसम्मको कार्वाही हुनुपर्ने बताए । उनले भने, ‘त्यो दुर्घटना हो हामी बुझ्दछौं । त्यसमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ त्यो पनि हामी बुझ्दछौं । प्रहरीको अनुसन्धान आफ्नो ठाउँमा छ तर वास्तविक कुरा के हो भने त्यो दुर्घटनामा ज्यान लिने मनसायले नै घटना घटाईएको देखियो ।’


उनले ठक्करपछि बाटो भन्दा निकै पर उछिट्टएका घाईतेलाई चालकले बचाउनुको सट्टा दोवारा किचेको भन्दै ‘यो सरासर ज्यान लिने मनसाय नै हो ।’मृतकका आफ्तले भने । ‘यो घटनामा मर्ने मरि हाल्यो । बाँच्नेलाई किन दुःख दिनु भन्ने भावनाबाट अनुसन्धान भइरहेको हो कि भन्ने हामीले बुझेका छौं ।’ मृतकका पिताले भने, । ‘कानून त्यस्तो मनसायबाट चल्दैन । हामीले न्याय पाउँछौं भन्ने बिश्वास लिएका छाै ।
उनले यो एउटा दुर्घटना भएपनि मुख्य कारण आफूहरुको लेनदेन नै रहेको बताए । उनले भने, ‘विरेन्द्रसँग मेरो केही पैसा लिनु पर्ने थियो । मेरो छोराले गाडी किनेपछि मैले त्यो पैसा माग्न गएँ । पैसा माग्ने क्रममा केही विवाद भयो । त्यही विवादका कारण यो घटना घटाएको हामीले बुझेका छौं ।’ मृतकका पिताले भने ।
दुर्घटनाको प्रत्यक्षदर्शी स्थानीय द्रौपदी महतोले घाईतेलाई बचाउनुको सट्टा चालकले दोवारा किचेर मारेको बताईन् । उनले भनिन्, ‘दुर्घटा हुँदा म आँगनमै बसीरहेको थिएँ । पुसको मौसम कुहिरो लागि रहेको थियो । दक्षिण तिरबाट तिब्र गतिमा आएको बोलेरोले मोटरसाईकललाई ठक्कर दियो । मोटरसाईकल केही पर घिस्रियो भने त्यसका चालक झण्डै बटाे पारी उछिट्टिए । बोलेरो चालकले गाडी रोकेर घाईतेलाई बचाउलान भन्ने लागेको थियो । हामीले कराउँदा कराउँदै उनले गाडी अगाडी बढाएर र घाईतेलाई किचेर अगाडी गए ।
सबैले कराएपछि उनले गाडि रोके । हामीले गाली गर्यौं । चालकले गाडिको ब्रेक फेल भयो भन्यो तर ब्रेक फेल भएको गाडि रोकिँदैन भन्ने हामीले सुनेका थियौं । पछि रोकियो । ब्रेक फेल भएको भए रोकिनु नपर्ने हो ।’
उनले चालकको बद्मासीले घाइतेको ज्यान गएको भन्दै चालकलाई हदै सम्मको कार्वाही हुनुपर्ने बताईन् । घटनालाई नजिकबाट हेरेका अन्य स्थानीयले पनि घटनामा चालकले ज्यान लिने मनसाय राखेकै कारण घाइतेको ज्यान गएको बताए । उनीहरुले पनि यो घटनामा संलग्न चालकलाई हदैसम्मको कार्वाही हुनुपर्ने बताए ।