सर्लाही,फागुन – ६,जिल्लाको बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिताको उपाधि आफुहरूले उचाल्ने  मच्छिन्द्र फुटवल क्लव काठमाण्डौ र जावलाखेल यूथ क्लव ललितपुरले दावी गरेका छन् ।
शनिवार(आज) बागमती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा भएको प्रिकन्फ्रेन्समा दुवै टोलीले अहिले सम्मकै उत्कृष्ठ खेल प्रदर्शन गर्दै उपाधि उचाल्ने दावी  गरेका हुन ।
आईतवार हुने प्रतियोगिताको फाइनल खेलमा लिग विजेता मच्छिन्द्र क्लव र जावलाखेल फुटवल क्लव विच प्रतिस्पर्धा हुने  छ । दुवै टोली जसरी पनि उपाधि आफ्नो पक्षमामा पार्ने दाउमा छन् ।
फाइनल खेलमा जित निकाल्दै सिजनकै पहिले उपाधि उचाल्ने दुवै टिमको दाउ छ । उपाधि जित्ने टिमले राजर्षि जनक कपको ईतिहासमा पहिलो पटक नाम समेत लेखाउने अवसर प्राप्त गर्ने छन् ।
उनीहरु विचको फाइनल भेट यो सिजनको पहिलो हो । राजर्षि जनक कपमा मच्छिन्द्रले यस अघि  पनि उपविजेतको उपाधि उचाली सकेको छ । भने, जावलाखेल पहिलो पटक फाइनलमा पुगेको हो ।
आफ्ना अनुभवी खेलाडिको साथले फाइनल खेल जित्ने मच्छिन्द्र क्लवका प्रशिक्षक प्रवेश कटुवालले दावी गरे । अनुभवी खेलाडिको साथमा  आफुहरू रहेकाले उपाधि उचाल्ने उनकाे दाबी छ । यस पहिलाको प्रतेक खेलमा सुधारिएको प्रदर्शन गरेकाे उनकाे तर्क छ। टिमका खेलाडि बीचमा पछिल्लो खेलहरुमा लय देखिएकोले आफु समेत उत्साहित रहेको  मच्छिन्द्र क्लवका टिम क्याप्टेन सुजल श्रेष्टले बताए ।

खेल निकै प्रतिस्पर्धात्मक हुने भन्दै जावलाखेलमा प्रशिक्षक सुनिल श्रेष्ठले फाइनल प्रतिस्पर्धाको लागि तयार रहेको बताए । यस अघिको खेलहरुमा भएका त्रुटि सच्याउदै आएकाे र आफुहरूसगँ योङ खेलाडि धेरै रहेकाले उपाधि उचाल्ने उनको दावी छ । लिग विजेता टिम सगँको प्रतिस्पर्धा भएकोले कडा टक्कर हुने उनको तर्क छ ।
मच्छिन्द्र फुटवल क्लव काठमाण्डौले सुदुरपश्चिम–११, लाई पराजित गर्दै ,फाइनल यात्रा तय गरेको हो । भने, जावलाखेलले संकटा फुटवल क्लवलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशी रहेको राजर्षि जनक कप फुटवल प्रतियोगिताको विजेता टिमले १० लाख नगद र राजर्षि रनिङ सिल्ड तथा उपविजेता टोलीले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।फाइनल खेल भाेली (आईतवार ) दिउँसो हुनेछ ।