सर्लाही,फागुन -६,महाशिवरात्रिकाे अवसरमा हरिपुर स्थित चितायन मन्दिरमा भ्यान्टाको भार र धानको मटका चढाउनेको घुइँचो लागेको छ ।
हरिपुर नगरपालिकामा-७ मा पर्ने ऐतिहासिक लक्ष्मीनाथ महादेव (चितायन मन्दिर) परिसरमा आज दिनभर भ्यान्टाको भार र धानको मटका चढाउने भक्तजनहरुको घुइँचो लागेको हाे ।
हरेक वर्ष महाशिवरात्रिमा मनाेकांक्षा पुराहुने विस्वासकासाथ मन्दिरमा भ्यान्टाको भार तथा धानको मटका चढाउनका लागि हजारौं भक्तजनहरु त्यहाँ पुग्ने गर्छन् । भ्यान्टाको भार चडाउदा शरिरमा आउने मुसा (गिर्खा) छालारोग निको हुने जन विश्वासका रहेको छ ।
चिताएको पूरा हुने विश्वासका साथ भक्तजनले परालबाट बनाइएको भाडाे (मटका) मा धान राखि चढाउने गर्दछन् । हरेक वर्ष आजको दिन मन्दिर परिसरमा भक्तजनले चढाएको भ्यान्टाको भार र धानको मट्काले भरिभराउ हुने गर्छ ।
यहाँ सर्लाही लगाएत आसपासका जिल्ला राैतहट,महाेत्तरी,सिन्धुली,बारा,पर्सा र छिमेकी देश भारतबाट पनि भक्तजनहरू कबुल अनुसार भ्यान्टाको भार र धानको मट्का चढाउन आउने गर्छन् ।
दशकाै देखि महाशिवरात्रिकाे अवसरमा यहाँ मेलालाग्ने गरेकोे लक्ष्मिनाथ चितायन महादेव विकास समितिका रामकृष्ण चौधरीले बताए ।उनका अनुसार यसवर्ष एकलाख भन्दा बढीले भक्तजनले मन्दिरकाे दर्शन गरि मेलाको अवलोकन गर्ने छन् । मेलामा मतका कुवा, विद्युतीय रेल, घोडचढी, रोटे पिङ, साँस्कृतिक कार्यक्रमसमेत रहेको मेला आयाेजक समितिले जनाएको छ । सम्भावित घट्नालाई मध्यनजर गर्द,सुरक्षा अवस्था मजबुत पारिएको मेला आयोजक समितिले जनाएको छ।