सर्लाही,फागुन -५,नेपाल मौरी पालक महासंघ सर्लाहीको अध्यक्षमा डम्बर देव पाण्डे सर्वसम्मत चयन भएका छन् ।


महासंघका निवर्तमान अध्यक्ष कमल वरालकाे अध्यक्षता तथा महासंघका पूर्व केन्द्रीय अध्यक्ष कमल प्रसाद मैनालीकाे प्रमुख आतिथ्यतामा शुक्रवार (आज) लालबन्दीमा-९ सम्पन्न महासंघको २२औ वार्षिक साधारणसभाबाट पाण्डे सर्वसम्मत चयन भएका हुन ।


साधारणसभाबाट सर्वसम्मत चयन हुने अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा गीता यादव सचिवमा दीपा राई काेषाध्यक्षमा पूर्ण प्रसाद मैनाली स-सचिवमा रामकृष्ण बम्जन सदस्यहरूमा झमक कार्की,मनीषा विश्वकर्मा ,सावित्रा आले र इन्द्र ढुंगेल रहेका छन् ।
साधारणसभामा पूर्व लेखा समिति संयाेजक रवि कुमार कडरिया ,केन्द्रीय सदस्य एम बहादुर कार्की र जिल्लाका ४४ बढी माैरी पालक किसानहरूकाे सहभागिता रहेको महासंघका पूर्व केन्द्रीय सदस्य विष्णुप्रसाद मैनालीले जानकारी दिए।
सर्लाहीमा १२५ किसान माैरी पालन व्यवसायमा रहेका छन् ।यहाँ किसानले ३८सय देखि ४२ सय घार गाेला माैरी पालन गर्ने गरेको र वार्षिक १८ देखि २१ टन मह उत्पादन गर्ने गरेका छन् ।
पछिल्लो समय वन विनाश हुदै जादा महकाे उत्पादनमा कमि आउन थालेको माैरी किसानहरूले बताएका छन् ।