सर्लाही,फागुन -४,सर्लाही क्षेत्र नं. ४ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह नेपाली कांग्रेस मधेश प्रदेश सभामा संसदीय दलको उप–नेतामा मनोनित भएका छन् ।
कांग्रेस मधेश प्रदेशका सभापति एवम् प्रदेश सभाको संसदीय दलका नेता कृष्णप्रसाद यादवले सिंहलाई बिहिवार दलको उप–नेतामा मनोनित गरेका हुन ।
सर्लाही क्षेत्र नं.-४,बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित सिंह अघिल्लाे सरकारमा महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री भएका थिए ।