सर्लाही,फागुन -४,जिल्लाको बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगितामा संकटा क्लवलाई पराजित गर्दै जावलाखेल यूथ क्लव ललितपुर फाईनलका प्रवेश गरेको छ ।


बिहिवार(आज) बागमती –११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा भएको सेमिफाईनल खेलमा जावलाखेल यूथ क्लव ललितपुर १–० गोल अन्तरले विजयी भएको हो ।
सेमिफाइनल खेलकाे याे जितसँगै जावलाखेल यूथ क्लव ललितपुर उपाधिकाे दावेदार हुदै , ५ लाख सुरक्षित गरेको छ । पराजित भएको संकटा क्लव उपाधि होडबाट बाहिरिएको छ
पहिलो हाफ सम्म बराबरि भएको खेलको ४९ औँ मिनेटमा जावलाखेलका सुनिल खड्काले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । जावलाखेलका हिसुव थपलियाको क्रस पासमा खड्काले गोल गरेका हुन् । दोस्रो हाफ पछि केही सुधारिएको खेल प्रदर्शन गरेको जावलाखेलले केही आकर्षक अवसरहरु सृजना गरे पनि थप गोल भने गर्न सकेन ।
खेलको दोस्रो हाफमा संकटाका खेलाडिहरुले गरेको सशक्त प्रहारको जावलाखेलका गोल रक्षक अनिस देउलाले आकर्षक बचाउ गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट कुनै गोल हुन नसके पछि खड्काको गोल नै निर्णयक बन्यो । टिमको पहिलो गोलमा सपोटेर्ड भुमिका निभाएका हिसुव थपलिया खेलको म्यान अफ दि म्याच घोषित हुदै ट्रफि र १० हजार पुरस्कार प्राप्त गर्न सफल भए ।
जितसगैँ फाइनलमा प्रवेश गरेको जावलाखेल यूथ क्लव ललितपुरले शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलका विजेता टोलीसगँ उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । आयोजक बागमती युवा क्लवका अनुसार शुक्रवारको दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र फुटवल क्लव काठमाण्डै र सुदुरपश्चिम–११, धनगढी विच प्रतिस्पर्धा हुने छ ।
फागुण ७ गते फाइनल खेल हुने प्रतियोगिताको विजेता टोलीले नगद १० लाख राजर्षि जनक कप र उपविजेता टोलीले नगद ५ लाख प्राप्त गर्ने छन् ।