लालबन्दी,फागुन -३,श्रीराम कृषक बहुमुखी सहकारी संस्था लिमिटेड लालबन्दी -५,रन्जितपुरकाे १३ औ साधारणसभा बुधवार (आज) सम्पन्न भएको छ ।


लालबन्दी नगरपालिका कृषि शाखाका प्रमुख गाेकर्ण पाैडेकाे प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष सुशील थपलियाकाे अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हाे ।


साधारणसभामा प्रमुख अतिथि पाैडेलले धेरै सहकारीले वाषिर्क साधारणसभासमेत नगरेका प्रशस्त उदाहरण रहेको,बताउदै गाउँमा सानो काराेवार गर्ने श्रीराम कृषक सहकारीले हरेक वर्ष लेखापरीक्षण गराउने ,साधारणसभा गर्ने, गरेरकाले आफुलाई खुसि लागेको बताए ।


उनले सहकारीले बास्तबिक अर्थमा कृषककाे हित हुने कामहरू गरिरहे र आफ्नो कार्यालयले पनि सहकारी मार्फ किसानलाई कृषि औजार ,स्यालाे ट्यूवेल ,बिद्धुत माेटर ,बीउबिजन उपलब्ध गराउदै आएको र आगामी दिनमा पनि यस्ले निरन्तरता पाउने बताए ।
साधारणसभामा लालबन्दी -५ का पूर्व वडा सदस्य भाग्यनारायण चाैधरीले सहकारी मार्फत किसानले अप्ठ्यारो परिस्थितिमा सुलभ व्याजदरमा ऋण प्राप्त गर्दै आएकाले आफुलाई खुसि लागेको बताए ।
साधारणसभामा  सस्थाका अध्यक्ष थपलियाले गत आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गरे ।सभामा  प्रस्तुत विभिन्न प्रस्तावहरू अनुमाेदन गर्दै,साधारणसभा सम्पन्न भएको संस्थाले जनाएको छ।