सर्लाही,फागुन-२,लालबन्दी नगरपालिका वडा नं-४,मा नगरस्तरीय  वडा अनुगमन कार्यक्रममा मंगलवार (आज) सम्पन्न भएको छ ।
कार्यक्रममा स्थानीयले लालबन्दी  नगरपालिकाका प्रमुख (मेयर) वासुदेव  अधिकारीलाई  वडामा विकास निर्माणका लागि ५ प्राथमिकता प्रस्तुत गरेका  छन्  ।


मेयर अधिकारीकाे सचिवले नगरकाे वडामा नं-४ स्थित साविक जब्दी गाविसकाे भवन, हाल  लालबन्दी – ४ काे वडा कार्यालयमा आयोजना गरेको नगर स्तरीय वडा अनुगमन कार्यक्रममा स्थानीयले आफुहरूले माटो सुहाउँदो खेती गर्न चाहेकाले कृषि प्राविधिक मार्फत माटो परिक्षणकाे व्यवस्था मिलाईदिन भनेका छन् । उनीहरूले समयमा बिउबिजन र रासायनिक मलको व्यवस्थापन गरिदिन आग्रह गरे । पछिल्लो समय नगरको जनघनत्व बढेसँगै हुनसक्ने आपराधिक घट्नालाई मध्यनजर गर्दै , हाल वडाकार्यालय रहेको स्थानमा वडा प्रहरी कार्यालय स्थापना गरिदिन आग्रह गरेका छन् ।
स्थानीयले आफ्नो वडामा भित्र खाेलानाला भएपनि समशान घाट नभएकाले आर्थिक अवस्था कमजोर भएकालाई मृत्युु संस्कार गर्न समस्या भएकाले यसको निर्माणका लागि आग्रह गरे । त्यस्तै स्थानीयले राेजगार मुलक तालिम सञ्चालन गरेर आत्मनिर्भर हुने वातावरण सृजना गरिदिन  मेयर अधिकारीसँग आग्रह गरे ।


उनीहरूले कृषि,स्वास्थ,सुरक्षा,राेजगारमुलक तालिम र  समशान  घाट निर्माणलाई प्राथमिकतामा  राखेर काम गरिदिन आग्रह गरेका मेयरका स्वकीय सचिव भानुभक्त बरालले जानकारी दिए ।
कार्यक्रममा नगर प्रमुख (मेयर) अधिकारीले  छलफलमा उठेका विषय र स्थानीयकाे आवश्यकतालई  प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्ध व्यक्त गरे । सिमित बजेटबाट भाैगाेलिकरूपले बिकट बस्तीसँगै १७ वटै वडाको बिकास गर्नुपर्ने भएकाले नगरकाे  स्राेतसँगै संघ र प्रदेशसँग समन्वय गरेर  बिकास निर्माणका गतिविधिहरू अघि बढाउनका  लागि आफू प्रयत्नशील रहेको बताए ।
लालबन्दी -४ का वडाध्यक्ष सत्यनारायण चाैधरीकाे अध्यक्षता तथा नगर प्रमुख वासुदेव अधिकारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न  भएको कार्यक्रममा मेयरका स्वकीय सचिव ,कानुनी सल्लाहकार ,स्थानीय राजनीतिक दलका अगुवा तथा सर्वसाधारणको सहभागिता  रहेको बताइएको छ ।