सर्लाही, फागुन -१, सर्लाहीको गोडैता नगरपालिकामा २ करोड ८० लाखको लागतमा बन्ने विधालय भवनकाे शिलान्यास गरिएको छ ।
गोडैता नगरपालिका वडा नं- १२, मधुवनीमा रहेको बैधनाथ माध्यमीक विधालय परिसरमा बन्ने १६ कोठे पक्की भवनकाे सोमवार गोडैता नगरपालिका का प्रमुख (मेयर ) देवेन्द्र यादवले शिलान्यास गरेका हुन ।
विधालय भवन निर्माण गर्न बजेट ३ करोड बजेट छुट्याइएको भएपनि २ करोड ८० लाखमा जय भवानी निर्माण सेवा,मलंगवाले ठेक्का सकार गरेकाे गोडैता नगरपालिकाले जनाएको छ ।
बैधनाथ माध्यमीक विधालयमा यस अघि विधालय भवनको अभावमा त्यहाँका छात्र छात्रा समस्या थिए । विद्यार्थीकाे समस्यालाई मध्यनजर गर्दै आफुले भवन निर्माणका लागि बजेट विनियोजन गरेको मेयर यादवले बताए ।
भवन शिलान्यास गर्दै मेयर यादवले आफु सधैं नगरवासीको सेवामा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।