सर्लाही, माघ-२९ , पिप्ले यूवा क्लव हेटौडालाई पराजित गर्दै, जावलाखेल यूथ क्वल ललितपुर राजर्षि जनक कपको सोमिफाईनलमा प्रवेश गरेको छ ।
आईतवार सम्पन्न खेलमा जावलाखेल यूथ क्लव काठमाण्डौले साविक विजेता पिप्ले यूवा क्लवलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा १–० को अग्रता कायम गरेको जावलाखेल दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । खेलको दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको पिप्ले यूवा क्लवले २ गोल फर्काए पनि हार भने टार्न सकेन ।
जावलाखेलको अग्रताका लागि खेलको १५ औँ मिनेटमा बिशाल तामाङले पहिलो गोल गरेका थिए । सुनिल खड्काको क्रस पासलाई बिशाल तामाङले गोलपोष्टको दिशा दिएका हुन् । पहिलो हाफ १–० को अवस्थामा सकिएको खेलको दोस्रो हाफमा पनि जावलाखेलले लगातार अग्रता बढाएको थियो । खेलको ७२ औँ मिनेटमा पिप्लेका बिश्वा लामाले गोल गर्दे, टिमलाई लयमा फर्काएका थिए ।

पिप्लेका खेलाडि डिवास उराउको क्रसपासमा बिश्वा लामाले गोल गर्दै टिमलाई १–१ को अवस्था पुर्याएका थिए । त्यसको ५ मिनेटमै अर्थात, खेलको ७७ औँ मिनेटमा जावलाखेलका लागि बिनोद केसीले दोस्रो गोल गर्दै पुनः अग्रता दिलाए । केसीले समिराज थोकरको क्रस पासमा हेड मार्फत आकर्षक गोल गरेका थिए । भने, खेलको अतिरिक्त समयमा जावलाखेलका हिसुव थपलियाले टिमका लागि तेस्रो गोल गरेका हुन् ।
पिप्लेका सम्पुर्ण खेलाडि जावलाखेलको डि बक्समा पुगेको अवसरलाई सदुपयोग गर्दै हिसुव थपलिया गोल गर्न सफल भए । हिसुवको गोल सगैँ ३–१ को अवस्थामा पुगेको जावलाखेलका खेलाडिले फउल गरेपछि पिप्लेले डि बक्स नजिकैबाट फ्रिकिक पाएको थियो । उक्त अवसरलाई पिप्लेका दोना थापाले कुनै गल्ती नगरी गोलमा परिणत गरिदिएका हुन् । दोनाको गोल सगैँ खेल ३–२ को अवस्थामा पुगेको होे ।
यस्तै खेलमा टिमको कप्तानी गर्दै उत्कृष्ठ प्रदर्शन गरेका जावला खेलका खेलाडि सिमान्त थापा म्यान अफ द म्याच घोषित हुदै ट्रफि र नगद १० हजार पुरस्कार हातपार्न सफल भए ।
प्रतियोगिता अन्तरगत सोमवारहुने दोस्रो क्वाटरफाईनल खेलमा चर्चब्वाईज यूनाईटेड ललितपुर र सुदुरपश्चिम–११, धनगडी विच प्रतिस्पर्धा हुनेछ । सुदुर पश्चिम–११, प्रि क्वाटरफाईनलमा पाहुना टोली यूनाईटेड कुर्सेङ दार्जलिङलाई पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो । भने, चर्च ब्वईज एक खेल वाईपाएर सिधै क्वाटरफाईनलमा आएको हो ।
बागमती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा जारी प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । फागुन ७ गते फाईन खेल हुने प्रतियोगिताको विजेताले नगद १० लाख राजर्षि जनक कप र उपविजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने आयोजक बागमती यूवा क्लवका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए ।