सर्लाही ,माघ-२८ ,बागमती सेवा समाज नेपाल(BWSN)को आयोजना तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा पर्सा गाउँपालिका तथा हरिपुर्वा नगरपालिकामा अतिजोखिममा रहेको बालबालिकालाई सरसफाई सामग्री वितरण गरिएको छ ।

सामग्री वितरण गर्नु अघि सरसफाई सम्बन्धि अभिमुखीकरण तथा हरिपुर्वा नगरपालिका–९, नेशनल एकाडेमीको प्राङ्गण तथा पर्साको–४ को जिङ्गर्वा गाउँमा सरसफाई सम्बन्धि सडक नाटक प्रदर्शनी गरिएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले बताए ।
अध्यक्ष कार्कीका अनुसार कार्यक्रम उद्देश्य बालबालिका, अभिभावक तथा समुदायमा सरसफाईमा चेतनाको स्तर वृद्धि गर्नु रहेको छ ।
हरिपुर्वा नगरपालिकाका नगरप्रमुख(मेयर ) विनोद कुमार साहले नगरपालिकाका ४ हजार भन्दा बढी जोखिमा रहेका बालबालिकालाई बागमती सेवा समाज नेपाल र वल्र्ड भिजनद्वारा सरसफाई सम्बन्धि सामग्री वितरण गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।उनलेे आमागी दिनहरुमा पनि बालबालिकाका लागि यस्तै सहयोग प्राप्त हुने बिश्वास व्यक्त गरे । “वास्तवमा हामी पनि नगरपालिकाको बाटो–बाटोमा भएको फोहर मैलाबाट चिन्तित छौं,नगरप्रमुख साहले भने । नगर प्रमुख साहले सबै नगरबासीलाई आफ्नो छोराछोरी,आफ्नो घरआँगन, बाटोघाटो र सार्वजनिक स्थलहरु सफा सुग्घर राख्न आग्रह गरे । “ सरसफाई आधारभूत कुरा हो , कसैले मैले एक दिन सरसफाई गरेको त छु भन्ने होईन, ´प्रत्येक दिन गर्नु पर्छ, सबै मिलेर सँधै गर्यो भने यो नगरपालिका सुन्दर छ,
नगरप्रमुख साहले भने ।
सरसफाईका लागि कार्यपालिकाबाट निर्णय पनि गरिसकेका छौ, नगरपालिका आफैले पनि सचेतनाको काम गर्छ, नगर प्रहरी पनि राख्ने तयारी गरेको छौ, चेतना अभिवृद्धिका लागि माईकिङ गछौं र बाटोमा फोहर नगर्न अनुरोध गछौं,´ मेयर साहले भने । बेवास्ता गरिए नगरपालिकाले कानुन अनुसार कार्वाहीसमेत गर्ने प्रमुख साहले चेतावनी दिए ।
संस्थाले सरसफाई सामाग्रीहरू नुहाउने सावुन, नेलकटर, काँईयो, सर्जिकल मास्क, तथा किशोरीहरुलाई सेनिटरी प्याड वितरण गरेकाे छ ।

संस्थाले हरिपुर्वा नगरपालिकामा ४ हजार पचास र पर्सा गाउँपालकिामा ३ हजार दुई सय पचास गरि ७ हजार तीन सय अति जोखिमा रहेका बालबालिकाहरुलाई सामग्री बाँड्ने कार्यक्रम रहेको छ ।शनिवार ( आज) पहिलो दिन करिब २ हजार आठ सय अति जोखिमा रहेका बालबालिकाहरुलाई सामग्री वितरण गरिएको बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादेले जानकारी दिए ।