सर्लाही,माघ-२८,अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना” अन्तर्गत “घटना व्यवस्थापन तथा मनोसामाजिक परामर्श सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम” होटेल सिता प्यालेसमा शुक्रवारबाट शुरु भएको छ ।
तालिमकाे ब्रहम्पुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतो र उपाध्यक्ष गिता देवी महतोले संयूक्त रुपमा दिप प्रजोलन गरी तालिमको उद्घाटन गरेका हुन ।
तालिममा ब्रहम्पुरी र चन्द्रनगर गाउँपालिका तथा जिल्लामा बाल संरक्षणको क्षेत्रमा कार्यरत सेवा प्रदायकहरूकाे सहभागीता रहेको छ ।
तालिमको उद्घाटन कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले विकास भनेको भौतिक पुर्वाधार तथा निर्माण कार्य मात्रै नभएर यस्ता तालिमहरबाट पनि समुदायमा जनचेतन अभिवृद्धि भई मानविय विकास हुने बताए ।
तालिमले समुदायमा घटेको घटनालाई व्यवस्थित गर्न र मानविय क्षति कम गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
ब्रहम्पुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साहले सहभागीहरुलाई तालिममा सिकेको कुरा व्यहवारमा लागु गर्न आग्रह गरे ।
तालिमको सहजिकरण मनोसामाजिक परामर्श कर्ता प्रशिक्षक महेन्द्र महतो र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले गरिरहेका छन् ।
तालिम मिति २०७९ साल माघ २७ गते देखि २९ गते सम्म चल्ने आयाेजकले जनाएको छ ।