सर्लाही, माघ –२७, जिल्लाको बलरा नगरपालिका ११ मा ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ ।
शुक्रवार बिहान एक कार्यक्रमका बीच नगर प्रमुख (मेयर) रामाशंकर कुशवाहाले भवनको शिलान्यास गरेका हुन् ।
नगरपालिकाको वडा नम्बर ११ मा रहेको सुधा राजेश्वर माविमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४० लाखको लागतमा विद्यालय भवन निर्माण हुन लागेको हो । भवनको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीचन रायको अध्यक्षतामा नगरप्रमुख कुश्वाहाले वैदिक परम्परा अनुसार पुजापाठ गरि शिलान्यस गरेका विद्यालयका प्रधानाध्यापक बन्तीलाल रायले बताए ।
भवनको शिलान्यस कार्यक्रममा सोही वडाका वडा अध्यक्ष सुखलाल सहनी, प्रधानाध्यापक बन्तिलाल राय, सतेन्द्र यादव, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
उक्त विद्यालयमा बलरा नगरपालिकाका छतौनासहित,रामनगरलगाएत स्थिानका विद्यार्थीहरु अध्ययनरत् छन् ।