सर्लाही,माघ-२७, नव जनजाग्रिती यूवा क्लव सिमरा सर्लाहीमा  जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।सडन डेथमा नव जनजाग्रितीले याे अवसर प्राप्त गरेको हाे ।


बिहिवार बागमती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा सम्पन्न खेलमा सडन डेथमा नेपाल पुलिस क्लवलाई ६–५ गोल अन्तरले पराजित गर्दै नव जनजाग्रिती यूवा क्लव प्रतियोगिताको अन्तिम आठमा प्रवेश हुन सल भएको हो । निर्धारित ९० मिनेट र थप २० मिनेटको समयमा समेत गोल राहित बराबरी भएपछि खेल ट्राईब्रेकरमा धकेलीएको थियो ।
ट्राईब्रेकरमा समेत ५–५ को बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट निकालिएको हो । सडन डेथमा नेपाल पुलिसका अजित भण्डारी अभागि सावित भए । उनले प्रहार गरेको पेनाल्टि सुट नव जनजाग्रिती यूवा क्लवका गोल रक्षक रोहन मगरले सजिलै रोकेका थिए । त्यस पछि नवजनजाग्रिती यूवा क्लवका अस्मित चौधरीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भयो ।


उनको  प्रहार नेपाल पुलिसका गोल रक्षक संजित श्रेष्ठको हातमा छुदै बाहिरिएको थिया । सडन डेथमा टिमका लागि नायक सावित भएका नवजनजाग्रिती यूवा क्लवका गोल रक्षक रोहन मगर म्यान अफ दि म्याच घोषित हुदै पुरस्कार प्राप्त गरे । जित सगैँ नवजनजाग्रिती यूवा क्लव सिमराले फागुण २ गते हुने क्वाटर फाईनल खेलमा संकटा फुटवल क्लव संगको भेट पक्का गरेको छ ।
नेपाल पुलिस क्लव पुर्व राष्ट्रिय खेलाडि सहित मैदानमा उत्रीयको थियो । भने, नवजनजाग्रिती सिमरा पनि केही अनुभवी खेलाडिका साथ प्रतिस्पर्धामा थियो । दुबै टोलीले खेल अवधिभर बनाएका आकर्षक अवसरहरु सदुपयोग गर्न सकेन्न । निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै टोलीले पालै पालो विपक्षिलाई दवावमा राखेका थिए । दुवै टिमका खेलाडिको केही राम्रो प्रहार गोल पोष्टको नजिक हुदै बाहियो ।