लालबन्दी, माघ- २७ , जिल्लाकै व्यापारिक हब मानिएको लालबन्दीमा एभरेष्ट होटल एण्ड फेमिली रेष्टुरेण्ट नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको छ ।


यहाँका युवा व्यवसायी प्रमोद थपलियाले सञ्चालनमा ल्याएका होटलको शुक्रवार प्रदेशसभा सदस्यद्वय बेची लुंगेली र कौशल किशोर रायको उपस्थितिमा संविधानसभा सदस्य रामचन्द्र चौधरीले उद्घाटन गरेका हुन् ।
साविक लालबन्दी नगरपालिकाको कार्यालय हाल वडा नम्बर ७ को कार्यालयसँगै रहेको यस अघि विभिन्न नामले सञ्चालनमा रहेको होटल व्यवसायी थपलियाले नयाँ व्यवस्थापनका साथ एभरेष्ट होटल एण्ड फेमिली रेष्टुरेण्ट नामबाट सञ्चालन गरेका हुन् ।
व्यवसायिक हब लालबन्दीमा ग्राहकहरुलाई पायक पर्ने र २०० सय जना अट्ने सभा हलसमेत भएको सुबिधा सम्पन्न होटल आफुले सञ्चालनमा ल्याएको युवा व्यवसायी थपलियाले बताए । उद्घाटनको अवसरमा हरेक आईटममा खानामा २० प्रतिशत छुटको व्यवस्था गरिएको बताउँदै व्यवसायी थपलियाले आफूले ग्राहकको माग र आवश्यकतालाई पुरा गर्ने उदेश्यले होटल सञ्चालनमा ल्याएको बताए ।


होटलमा खानापिनासहित आरामदायि वासको समेत राम्रो प्रवन्ध भएकोले आन्तरीक तथा बाह्य यात्री तथा पर्यटकहरुलाई समेत सुविधा पुग्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति लक्ष्मण राय क्षेत्रीय सभापति हरि लुंगेली, माओवादी केन्द्रका नगर अध्यक्ष लेखराम जर्गा मगर, एमाले नेता गोविन्द महत, बुद्धिजीवी बलराम पोखरेल, काँग्रेस नेता विष्णुमणि घिमिरे, नारायण गुर्मछान, योगराज देवकोटा, लालबन्दीका विभिन्न वडाका वडाअध्यक्षहरु, होटल व्यवसायीहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।