सर्लाही,माघ-२६,जिल्लाको हरिपुर नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा ९१ जना महिलाले स्वास्थ्य परिक्षण गराएका छन् ।


नगरकाे स्वास्थ शाखाका कार्यक्रम संयोजक रामनरेश ठाकुरका अनुसार हिजो(बुधवार)बाट प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा सञ्चालन गरिएको शिविरमा महिलाको पाठेघर तथा स्तन क्यान्सर , पाठेघर खस्ने समस्या र यौनरोग तथा यौनजन्य सरुवा रोगको निःशुल्क परिक्षण गरिएको हाे ।


शिविरको हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारले उद्घाटन गरेका थिए । कार्यक्रममा उपप्रमुख निलम राय ,प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल , वडाध्यक्ष तथा कार्यापालिका सदस्यहरुको सहभागीता रहेको थियोे ।
प्रजनन तथा महिलाहरुको स्वास्थ्य परिक्षण गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा ९१ जना महिलाले स्वास्थ्य परिक्षण गराए भने ७१ जना महिलाले स्थायी बन्ध्याकरण मिनील्याप गराएका छन्।
जनस्वास्थ्य कार्यालय सर्लाहीको सहयोगमा हरिपुर नगरपालिकाले शिविरको आयोजना गरेको हो। शिविरमा पुरुष बन्ध्याकरण भ्यासेक्टोमी गर्ने व्यवस्था भएपनि कुनै पुरुषले नगरेको ठाकुरले जानकारी दिए ।
तराई मधेसमा संचालन हुने यस्ता शिविरमा परिवार नियोजन गर्न महिलालाई अघि सार्ने चलन बढी रहेको संयोजक ठाकुरकाे भनाइ छ।
बन्ध्याकरण गरेपछि पुरुषले जोखिमपूर्ण काम गर्नु हुदैन भन्ने यहाँको मान्यता छ,´ अहिले धेरै पुरुष वैदेशिक रोजगारीमा जान छन् ।त्यहाँ पुगेपछि काम गर्न सकिदैन कि भन्ने भ्रमको कारण महिलाले नै पुरुषलाई बन्ध्याकरण गर्न पठाउछन, ´ठाकुरले भने ।´ जनचेतनाको अभावले यस्तो भएको हो,´उनलेे भने ,। उनका अनुसार बन्ध्याकरण गरेका पुरुषले जस्तोसुकै काम गर्न सक्छन् ।
शिविरमा बन्ध्याकरण गर्न सहभागी एक महिलाले भनीन्- हाम्रो काम त घरमा भातभान्सा गर्ने हो,श्रीमानले भारी( गहरूङ्गाे) काम गर्नुपर्छ, फेरि श्रीमान चाँडै विदेश जादै हुनुहुन्छ ।घरमा साना छोराछोरी छन्,यहाको कमाइले खान लागाउन पुग्दैन, अप्रेसन गरेपछि काम गर्नु गाह्रो हुन्छ,त्यही भएर म आफै यहाँ आएको हो,´उनले भनिन् ।
तराई मधेसमा संचालन हुने हरेक शिविरमा महिलाको तुलना पुरुष परिवार नियोजन गर्नेको संख्या न्यून हुने गरेको छ ।